2026-09-19 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । 

यौन दुव्र्यबहार आरोपमा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका खेमराज वन पक्राउ परेका हुन् । 

राईमाथि शुक्रबार युवतीमाथि जवरजस्ती गरेको अभियोग लागेको छ । युवतीको मौखिक उजुरीका आधारमा शुक्रबार नै पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइदैगरेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए । 

‘सहमतीमै सम्पर्क भएको भन्ने आएको छ,’ प्रनाउ थापाले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ सुरुमा बलात्कार आरोप लगाएका युवतीले पछिल्लो समय बयान फेरेको प्रहरीले बताएको छ । युवतीको आफन्तले आपत्तीजनक अवस्थामा देखेपछि घट्ना बाहिरिएको श्रोतले बताएको छ । 

यस्तै, २९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वन पक्राउ परेका हुन् । पुस १७ गते राती कोठामा सुतिरहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका वनलाई आईतबार सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको छ । वनले बलात्कार प्रयास गरेपछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएकी थिइन् । 

वन पक्राउ परेपछि पीडित पक्षसमेत सदरमुकाम दिक्तेल आइसकेका छन् । उनीहरुले दिएको उजुरीको आधारमा मुद्दा दर्ता गरेर कारबाही थालिने डिएसपी थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई