२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नमूना समाज नेपालद्वारा विद्यार्थीलाई लागुऔषध सम्बन्धी प्रशिक्षण

२०७४, २२ पुष शनिबार १४:१६

भास्कर के.सी/पुस २२, कञ्चनपुर । नमूना समाज नेपालद्वारा गृह मन्त्रालयको लागु औषध नियन्त्रणको इकाई सँगको सहाकार्यमा आज शनिबार खैरभट्टीको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई लागु औषध तथा नशालु पदार्थको बारेमा जनाकारी दिएको छ । 

यसको प्रयोगले हुने विभिन्न किसिमका शारिरीक, मानसिक तथा भौतिक क्षति सम्बन्धी प्रशिक्षक राजेन्द्र जोशीले प्रष्ट पार्नु भएको थियो र यस बाट कसरी आफु बच्ने र अरुलाई पनि यस्तो कुलतमा पर्न नदिनको लागि गर्नु पर्ने उपायहरुको पनि जानकारी गराउनु भएको थियो । 


‘हाम्रो चाहना: दुव्र्यसन रहित स्वस्थ र सुखी जीवनको कामना’ भन्ने मुल नाराका साथ शुरु गरिएको लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्षले यस्ता कार्यक्रम आज भोलि निकै महत्वपुर्ण भएको र युवापिडीलाई दुव्र्यसन बाट बचाई देशको योग्य नागरिक बनाउन यस्ता कार्यक्रम निकै महत्वपूर्ण भएको बताए । त्यसै गरि कार्यक्रम सम्बन्धी औचित्य बारे संस्थाकि अध्यक्षले प्रकाश पार्नु भएको थियो ।

संस्थाकि अध्यक्ष हरिना भट्टको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि विद्यालयका व्यवस्थापनका अध्यक्ष मदन सावद रहनु भएको थियो कार्यक्र संञ्चालन सुरेश कुमार रोकायाले गर्नु भएको थियो । 

त्यसै गरी यस नमूना समाज नेपालले पौष १५ गतेका दिन डडेल्धुरा जिल्ला कारागार भित्र रहेका कैदीबन्दीहरुलाई लक्षित गरी लागु औषध तथा नशालु पदार्थ विरुद्ध एक दिने प्रशिक्षणत्मक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । 

जन चेतना मुलक प्रशिक्षणा दिने क्रममा ५५ जना कैदीबन्दीहरुको सहभागिता रहेको थियो भने सुरक्षा निकायका प्रमुख लगायत प्रहरी एवं अन्य १३ जना कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

 कैदी बन्दीहरुको सुधारको लागि उक्त कार्यक्रम निकै उपलब्धी मुलक रहेको यस्ता कार्यक्रमहरु भविष्यमा पनि संचालनमा ल्याउनु पर्ने कुरा कार्यालय प्रमुख भट्टले बताए । 

दुई घण्टाको प्रशिक्षण पश्चात शनिबार देखि नशालु पदार्थ सेवनकार्य छोडने कैदी बन्दीहरुले संयुक्त प्रतिवद्धता जनाएको थियो भने कैदी बन्दी दिपक बोहरा, तुलराम कोलि ले संस्थालाई धन्यावाद सहित प्रसंशा गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस