Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 7, 2018 मुगु - MG, समाज

फेज नेपालको स्वास्थ्य क्लिनिकबाट १०६ बर्षकी बृद्धाले सेवा पाउँदा खुसी

By kit 4 मिनेट पढाइ

दान बहाखुर बुढा/पुस २३, मुगु । मुगु जिल्ला सोरु गाउँपालिका जिमा गाँउमा बस्ने  १ सय ६ बर्ष बृद्धा दुधा बुमीले फेज नेपालनामक एक सस्थाबाट स्वास्थ्य सेवा राम्रो पाईएकोमा निकै खुसी भएकी छन ।

फेज नेपाल नामक सस्थाले जिल्ला स्वास्थ्य कार्यालय मुगुसंग समन्वय गरी सिप गाँउमा स्वास्थ्य क्निीक सन्चालन गरेको थोयो । उक्त क्लिनिकमा सीप गाँउमा बस्र्ने १०६ बर्षीय दुधा बुमी १४ बर्ष यता दम रोगबाट निकै थला परेकी थिईन । गाँउमा रहेको फेज नेपालको स्वास्थ्य क्लिनिकबाट पाएको औषधिले आफ्नो स्वास्थ्यामा निकै सुधार आएको हुँदा बुमी निकै खुसी भएकि छन ।

हिजो आज फेज नेपालनामको सस्थाले सन्चालन गरेको  स्वास्थ्य क्निीकमा ओषधि उपचार गर्ने बिरामिको निकै चाप बढेको छ । जिमामा रहेको फेज नेपालले जिमामा संन्चालन गरीरहेको स्वास्थ्य क्लिनिकले छिमेकी गाँउ रारा, कालै, खनाया, तारापानिमा रहेका बिरामिहरुले सेवा लिदै आई रहेका र स्थापना गरीए देखी बिरामिहरुको निकै भिड लागी रहेका छन् ।

दैनिक ७५ देखी ८० जना बिरामि आईरहर्ने गरेको फेज नेपालकि अनमी अनिता बस्नेतले बताएकि छन ।

फेज नेपालले राम्रोसंग बिरामिहरुलाई सेवा दिई रहेको छ । गर्भवति महिला, बृद्घ असाहाय, बच्चा, गरीवहरुको लागी नीकै सहज र राम्रो भएको सोही वडाका वडा अध्क्षय राजेन्द्र बुमीले बताएका छन ।

फेज नेपालले मुगु जिल्लाको साबिकैका जिमा गाबिस बाहेक रुगा, धैनकोट, नार्थपु, हृयाङ्गलु, फोतुमा सामुदायक स्वास्थ्य कायाक्रम लागु गरी यी बस्तीका रहेका बिरामिहरुलाई बिरामि परेको बेला उपचारको लागी  १सय २० प्रकारको औषधि, उपकरण, सहित २४ घण्टा सेवा दिई रहेको फेज नेपाल मुगुका जिल्ला स्रोतब्याक्ती मिलन धिमिरेले बताएका छन ।