Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
January 10, 2018 झापा - JP, समाज

महिला नेत्री बुढाथोकीको निधन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६,  झापा (रासस)  झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो ।

“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भन्नुभयो, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न थियो ।”

कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुनुहुन्थ्यो । रणकेशर नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कुन्तीदेवीका तीन छोरी छन् ।