२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुग्लिन सडकखण्ड अन्तरगत बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०७४, २६ पुष बुधबार १०:२३

मुग्लिन सडकखण्ड अन्तरगत  बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


  पुस २६,  चितवन, (रासस)  मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नं ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । 

आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । 

गाडीमा सवार सोही गाउँपालिका वडा नं ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

ट्रक र बस दुबै सडकबाट करिब ५०÷६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा