२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा प्रहरीद्धारा लागु औषध बिरुद्धको अभियान जारी

२७ पुष २०७४, बिहीबार १७:२५

प्रेम सुनार/पुस २७, गुल्मी । जिल्ला प्रहरी कार्यालय, गुल्मीले लागु औषध बिरुद्धको अभियान यहि पौष १ गते देखी जिल्लाका बिभिन्न स्थानहरुमा सञ्चालन गरिरहेको छ ।  


यस अभियनमा प्रहरीले  विद्यालय विभिन्न विद्यालयका विद्यार्थाीहरु र  गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमुह लगायतका समुहहरुलाई लागु औषध दुर्व्यसन विरुद्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको जनाईएको छ  ।

उक्त कार्यक्रम संचालन अन्तर्गत हालसम्म १७ स्कुलका १९ सय ७० जना बिद्यार्थी र १७ स्थानका ६ सय १५ जना अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरीएको  जिल्ला प्रहरी कार्यालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ  । 

उक्त सचेतनामुलक प्रशिक्षणमा लागु औषधको परिचय, प्रकार, लागु औषध अपराध सम्बन्धी दण्ड सजाय र कानुनि ब्यवस्था, लागु औषध दुर्व्यसनबाट दुर्व्यसनिमा पर्ने असरहरु, दुर्व्यसनमा फस्ने कारणहरु तथा लागु औषध अपराध रोकथाम तथा नियन्त्रणमा परिवार र समाजको भुमिका लगायतका विषय वस्तु समावेश गरिएको बताईएको छ ।


अभियानको मुल उद्देश्य विद्यार्थी तथा अभिभावकहरुलाई लागु औषधको दुरगामी असर बारे जानकारी दिई लागु औषध बाट टाढै रही यस विरुद्धको कारवाहीमा सक्रिय बनाउनु रहेको जिल्ला प्रहरी प्रमुख अनुरागकुमार द्धिवेदीको भनाई रहेको छ । 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय गुल्मीले यस अगाडी २०७४ साल भाद्र र आश्विन महिनामा जिल्लाका बिभिन्न स्थानबाट अन्दाजी ५० क्विन्टल गाजा फडानी तथा नष्ट गरी सकेको छ । 

यस लागु औषध बिरुद्धको सचेतना अभियानका संयोजन जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले ग रीरहनु भएको छ । यो अभियान थापाले जारी राखेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…