२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जनप्रतिनिधि आएपछि पहिलोपटक न्यानो लुगा वितरण

२०७४, २८ पुष शुक्रबार ०७:०८

 पुस २८, डडेल्धुरा, (रासस) | स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् । 

डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले विहिबार न्यानो लुगा वितरण गरेको छ । वडा कार्यालयको निर्णयअनुसार वडाध्यक्षले ४ नं का एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएका मानिसलाई न्यानो लुगा वितरण गरेको वडाध्यक्ष चन्द्र बोहराले जानकारी गराउनुभएको छ । 

केही दिनयता चिसो अत्यधिक बढेको र चिसोको असर विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांग मानिसलाई पर्ने भएकाले उनीहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गरेको अध्यक्ष बोहराले बताउनुभयो । न्यानो लुगा वितरण कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, अपांग व्यक्तिलाई आलिताल गाउँपालिकाका प्रमुख बलबहादुर गुरुङको प्रमुख आतिथ्यमा वितरण गरिएको हो । 

न्यानो लुगा वितरण गर्दै गाउँपालिका प्रमुख गुरुङले चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन र विशेषगरी महिला तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई न्यानो पार्नका लागि कम्बल वितरण गरिएको बताउनुभयो । 

आलिताल गाउँपालिकाका ८० जना नागरिकलाई न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष बोहराले जानकारी गराउनुभयो । डडेल्धुरामा जननिर्वाचित प्रतिनिधि आएपछि पहिलो पटक न्यानो लुगा वितरण गर्न थालिएको हो । परशुराम नगरपालिकामा पनि न्यानो लुगा वितरण गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला