2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तुवाँलोले मुगुको जनजीवन प्रभावित

नन्द बहादुर रोकाया/पुस २९, मुगु । मुगुमा केही दिन देखि लागेको बाक्लो तुवाँलोले गर्दा मुगुको जनजीवन प्रभावित भएको छ । 

तुवाँललोले पुरै डाँडाकाँडा नै ढाकेपछि मुगुको जनजिवन प्रभाभित भएको हो ।  तुवाँलोले छपकै छोपेपछि मुगुका नागरिकमा श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा हेर्दा पोल्ने जस्ता समस्या समेत हुने गरेकोे  र दिर्ग रोगी हरुलाई तुवाँलाले झनै असर गरेको स्थानीयले बताएका छन । 

तुवाँलो पहिलका बर्षमा लागेको भएपनी यो बर्ष जस्तो स्वास्थ्य लाई असर पर्ने गरी कहिल्यै तुवाँलो लागेको थाहा नपाएको र यो पटक त तुवाँलोले आँखा पोल्ने पीरो महसुस हुने गरेको स्थानीयको भनाई रहेको छ । 

तुवाँलोले सदरमुकाम गमगढी आसपास क्षेत्रका साथै हिमाली भेगमा पनि असर पारेको छ । मुगुमा  तुवाँलो बढ्दै गहेको र तुवाँलालेले मुगका नागरिकलाई प्रत्यक्ष असर पार्न थालेकाले मुगुका नागरिक लाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यलय मुगुले सबैमा आग्रह गरेको छ  । 

आज भोली चिसो संगै तुवाँलोले जिल्ला स्वास्थ्य कार्यलय लगायत स्वास्थ्य संस्थाहरुमा दैनिक तिन चार जना जति आँखाको समस्या लिएर बिरामीहरु पुग्ने गरेकाले सबैमा सचेत रहन अनुरोध गरीएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बलीराज बुढाले बताउनुभयो । 

त्यसैले यस्तो बेला दिर्ग रोगी हरु दम,पिनास आँखाका बिरामी हरुले धेरै बाहिर नहिंड्न, बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्था लगाय जिल्ला स्वास्थ्य कार्यलयमा आई उपचारा गराउन समेत आग्रह गरीएको सुचना अधिकारी बुढाको भनाई छ । 

यसै बिच मुगुमा जनचेतनाको अभावले वनजंगलमा  जथाभाबि आगो लगाउनले पनी यस्तो समस्या भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँका मक्कर भामले बताउनुभयो । उहाँका अनुसार जगंलमा आगो लगाए नयाँ घांस पलाउने भन्दै स्थानीयले जगंलमा यो समयमा आगो लगाउने गर्नाले पनी तुवाँलो झनै बढ्दैगहेको र तुवाँलोले  नागरिकलाई प्रत्यक्ष असर पारेको भामको भनाई रहेको छ । 

वनजंगलमा आगो लगाउन हुदैन जब सम्म वन रहन्छ तब सम्म जिवन रहन्छ भन्ने कुरा स्थानीयमा थाहा हुदाँपनी स्थानीलले जंगलमा आगो लगाउन भने छोड्का छैनन,। बुझेर पनी बुझ पचाउने समाज  र सम्बन्धित निकायले कडा कार्वाहि गर्न नस्कदापनी दिन प्रतिदिन जथाभाबी जंगलमा आगो लगाउने घट्ना बढ्दै गहेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल