2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

पूर्णप्रसाद न्यौपाने/पुस २९, ओखलढुंगा । ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । 

साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको हो । सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने भन्दै सांसद सुनुवारले रोग लागेपछि उपचार खर्च गर्नुभन्दा सरसफाईमा लागानी गरेर स्वच्छ वातावरण निर्माणमा लाग्न आग्रह गर्नुभयो । 

सांसद सुनुवारले ओखलढुंगालाई केही समय भित्रै पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने उद्घोष गर्दै यो पवित्र अभियानमा जुट्न जिल्लाबासीलाई आवहन गर्नुभयो ।

वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । 

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सरसफाईको अभियानलाई पालिका भित्रका अन्य वडामा समेत पारिएको उहाँको भनाई छ । कार्यक्रममा सहभागि जनप्रतिनिधि तथा स्थानीयहरुले पूर्ण सरसफाई तथा पूर्ण आनीबानी सहितको नमुना चिशंखुगढी निर्माण गर्नका लागि प्रतिवद्धता व्यक्त गरेका थिए । 

पालिका र वडा कार्यलयको समन्वय तथा सरकारी तथा गैरसरकारी निकायको सहयोगमा चिशंखुगढीका सबै क्षेत्रमा सरसफाई सम्बन्धि सचेतनाका कार्यक्रम समेत सञ्चालनमा रहेको चिशंखुगढीका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।

आफ्नो गाउँलाई सरसफाई उन्मुख वडा घोषणा गरिएको अवसर पारेर स्थानीयले नाचगान गरेर खुसीयाली बनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई