४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण

३० पुष २०७४, आईतवार ०१:३१

पुस ३०, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरिएको छ ।

स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २० घर परिवारलाई वितरण गरिएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, शिक्षक संघका जिल्ला सचिव विदुर थापा, प्रेस युनियन मकवानपुरका सहसचिव एवं पार्टीको सूचना संयोजक सुजन विडारी, साविक सरिखेत गाविस सभापति विरेन्द्र जिम्बा, साविक राक्सीराङ गाविसका सचिव मानसिं घलान, स्थानीय नेता मिठु प्रजालगायतकाले न्यानो कपडा (कम्वल) वितरण गर्नुभएको थियो ।

जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य राक्सीराङ गाउँपालिका ५ स्थित बाङदिराङ, चौतारा, रानीवाङ, बंकिम र टोल्वाङ टोलका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको थियो ।

प्रतिनिधि सभा २ का प्रदेश सभा २ सदस्य बानियाँले केहीदिनअघि मनहरी गाउँपालिकाको बाढीपीडित भई जंगलमा रात विताउन बाध्य ३ सय १५ घरपरिवारको चेपाङ तथा बनकरिया बस्तीमा कम्बल वितरण गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ