पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३०, मकवानपुर  | सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा रु ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।

प्रतिबोरा रु १० कमिशन दिँदै आएकामा अब रु १५ पु¥याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा रु ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले रु ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । रु ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।(रासस)