२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सहित आयोगका तीन कृति सार्वजनिक

२०७४, ३० पुष आईतवार १०:५७



 पुस ३० काठमाडौँ | राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । 

आयोगद्वारा यहाँँ आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सूचना आयुक्त किरणकुमार पोखरेल, सचिव शंकरप्रसाद पाठकलगायतले संयुक्तरुपमा ती पुस्तक विमोचन गर्नुभयो । 

‘सूचनाको अधिकार’ नामक पुस्तकमा सूचनाको हक, सुशासन, राष्ट्रिय सूचना आयोगको भूमिका, लोकतन्त्र, प्रेस स्वतन्त्रतासम्बन्धी लेख, सूचनाको वर्गीकरण, खुल्ला सरकारको अवधारणालगायत विभिन्न २६ वटा लेख समावेश छ । यो आयोगको तेस्रो अंक हो । 

सफलताका कथाहरु पुस्तकमा सूचना माग, आदेश र कार्यान्वयन एकै दिनमा, सूचनाको स्वयंसेवक परिवर्तन, निःशुल्क औषधिको सूची प्राप्तलगायत २० वटा लेख समावेश छ । 

त्यसैगरी महत्वपूर्ण आदेशमा नेपालमा स्थापित सबै स्थानीय तहका नाममा पाँच बुँदे आदेश जारी, सबै जिल्ला प्रशासन कार्यालयका नाममा आफू कहाँ दर्ता भएका गैरसरकारी संस्थानको एकीकृत विवरण सूचना मागकर्तालाई उपलब्ध गराउनुलगायतका पाँचवटा जारी आदेश संग्रहित छ । 

प्रमुख आयुक्त बाँस्कोटाले जनता मुलुकको मालिक भएकाले कुनै पनि सूचना अधिकारीले भेदभाव नगरी ऐनअनुसार सूचना प्रदान गर्नुपर्नेमा जोड दिंदै उच्च मनोबलका साथ काम गर्न सूचना अधिकारीलाई आग्रहसमेत गर्नुभयो । 

उहाँले प्रथम तीन वर्षमा स्कूलको पाठ्यक्रममा सूचनाको हक समावेश, रेडियो टेलिभिजन र पत्रपत्रिकाबाट सन्देशमूलक जानकारी प्रवाह, स्वतन्त्र आयोगको लोगो निर्माण, आयोगको पाँच वर्षे रणनीति पत्र जारी, राष्ट्रिय आयोगका सबै जिल्लामा सम्पर्क बिन्दु खडा गर्नेलगायतका विषयमा काम गरेको जानकारी दिनुभयो । 

आयुक्त पोखरलेले सूचनाको हक लोकतन्त्रको आधार हो भन्नुभयो भने सचिव पाठकले कर्मचारी तन्त्र सूचना दिन प्रतिबद्ध हुने उल्लेख गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी केदार शर्माले काठमाडौँ जिल्ला सूचनामैत्री भएको दाबी गर्नुभयो ।(रासस)   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक