2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

भाईरल ज्वरोले मगुमा एक जनाको मृत्यु

नन्द बहादुर रोकाया/पुस ३०, मुगु । मौसमी रुगाखोकि संगैको भाईरल जरोले मुगुमा एक जनाको मृत्यु भएको छ । 

छायाँनाथ रारा नगरपालीका वडा नं ८ भ्यारी गाउँका ४२ बर्षीय  खड्क रावलको रुगा खोकि संगै  भाईरल जरोले शनीबार मृत्यु भएको सोहि वडाका स्थानीय रत्न रावलले  साझाँ सवाललाई लाई जानकारी दिनुभयो । 

उहाँका अनुसार भाईरल जरो रुगा खोकिकै कारणले एकै घरका तिन चार जना बिरामी भएका र भैपरी आउने कुराका धेरै समस्या भएको रावलको भनाई छ  । मुगुमा भाइरल जरोको प्रकोप कायमै रहेको र दुई महिना अघि देखि फैलीएको भाइरल जरोको प्रकोप केहि कम भए पनी पुर्ण रुपमा भने निर्मुल हुन सकेको छैनन । भाइरल जरोकै कारण जिल्लाका बिभिन्न ठाउँमा मान्छेको मृत्यु हुने क्रम जारी रहेको छ ।

मृत्यु हुनेमा बिशेष गरी दमका तथा दिर्ग रोगी भएकाले पनी तेति वास्ता नगरेका कारण भाईरलको प्रकोप मुगुमा कायमै देखिन्छ ।छायाँनाथ रारा नगरपालीकाका देबि प्रसाद रावलका अनुसार गाउँमा बुढो मान्छेको मृत्यु भएको छ कसरी मृत्यु भयो कसैलाई चासो हुदैन युवा अबस्थाको मान्छको मृत्यु भयो  सबै तंरगीत हुन्छन के भयो कसरी मृत्यु भयो अनि खोजि निति हुन्छ  त्यसैले मुगुमा भाईरलको प्रकोप कायमै छ  स्थानीय त्रसित छन  तर पनी सम्बन्धित निकायले चासो नदेखाएको रावलको भनाई छ  । 

यता जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत  ज्ञानेश्वर श्रेष्ठका अनुसार भाईरल जरोकै कारण मान्छेको मृत्यु भने  हुदैन अरु मान्छेको तुलनामा  भाईरल जरो आएको मान्छेको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यसरीनै मृत्यु भएको हुन सक्ने बताउनुभयो । 

भ्यारी गाउँमा मान्छे भाईरलकै कारण मृत्यु भएको खबर त आफुकहाँ नहाएको तर  त्यसका बारेमा खोजि निति गरिने  समेत डा श्रेष्ठको भनाई छ । त्यसैले यस्तो बेला दिर्ग रोगी हरु दम,पिनास का बिरामी हरुले धेरै बाहिर नहिंड्न, बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्था लगाय जिल्ला स्वास्थ्य कार्यलयमा आई उपचारा गराउन समेत जिल्ला स्वास्थ्य कार्यलय मुगुले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल