2026-09-19 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा मन्दिरको भेटीसहित चारवटा पसल चोरी

चिसाङ शेर्पा/पुस ३०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मन्दिरको भेटीसहित ४ वटा पसलमा चोरी भएको छ । 

शनिबार राती हलेसी बजारका पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट चोरी भएको हो । ७५ हजार बढीको चोरी भएको अनुमान गरिएको छ । 

चोरीमा पदमको १५ हजार नगद, १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वको नगद ५ हजार, हामसको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्णको नगद ४ हजार चोरी भएको हो । 

त्यसैगरी हलेसी महादेव मन्दिरको तीनदिन अगाडीबाट जम्मा गरिएको भेटी चोरी भएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

शनिवार राती अन्दाजी १२: ३० बजेको समयमा चोरी भएको हुनसक्ने पिडीतहरुको भनाई छ । चोरीको आशंकामा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले बताउनुभयो । 

प्रनानि कोईरालाका अनुसार समुहमा चोरी भएको छ यसको नियन्त्रणका लागि प्रहरी परीचालन गरीसकिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई