१२ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाभित्र ५० प्रतिशत बढी सम्झौता र डिजाईन स्टिमेट सकियो

२ माघ २०७४, मंगलवार १७:२४

चिसाङ शेर्पा/माघ २, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाभित्र ५० प्रतिशत बढी योजनाहरुको सम्झौता डिजाईन स्टिमेट सकिएको छ । 

३० प्रतिशतभन्दा बढी बिकासे योजनाहरुको काम शुरुवात भएसँगै नगरपालिकाको कार्यगत शैली सामान्य देखिएको छ । केन्द्रिय तथ्याङक अनुसार पुंजीगत बजेटको ५ देखी ६ प्रतिशत मात्रै कार्यक्रम कार्यन्वयन हुंदा नगरपालिकाले कार्यन्वयनकै तहमा तीस प्रतिशत कार्यशैली पु¥र्याउन सकिए पनि धेरै राम्रो उपलब्धि नभएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक महिनाको २ गते गर्दै आएको सुशासनका लागि ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै नगरप्रमुख रिजालले भने,“६ महिना समय अवधिमा ७० प्रतिशत काम गर्नुपर्ने हुन्छ यद्यपी, सम्झौता र डिजाईन स्टीमेटको काम सँगसंगै दु्रतगतीमा भईरहेकाले नगपालिकाले टार्गेट गरेका कामहरु आर्थिकवर्षभित्र समापन गर्ने लक्ष्य छ ।’


पत्रकारहरुसँगको भेटघाटमा दिएको जानकारी अनुसार नगरपालिकाले माघ महिनामा दिक्तेल–खानीडाडाँ ल्याण्डफिल्ड सडक, दिक्तेल–दुम्लीदोबेला सडकलाई मर्मत गरी सञ्चालनमा ल्याईएको जनाएको छ । बुईपा नेवारगुठी मञ्चको काम सम्पन्न भई उद्घाट गर्ने क्रममा रहेकोे र पुर्णरुपमा जिपहरु हाँटडाडाँमा पार्किङ शुरु भएको जनाईएको छ । 

यस्तै, निर्माण चरणका विभिन्न कार्यक्रमहरुमा दिक्तेल हाँटडाडाँमा थुप्रिएको फोहोरमैला बुधबार नगरको जेसिभीले उठाउने, अल्छेढुंगामा मर्मत सडक सम्पन्नसँगै बस तथा ट्रकलाई ७ गतेबाट बसपार्कमा लैजाने, सार्वजनिक स्थलमा धुम्रपान निषेध भएको र नगरपालिकाभित्रका १५ वडालाई स्वास्थ्य बीमायुक्त वडा घोषणाको तयारी भईरहेको जनाएको छ । 

नगरपालिकाभित्र ५० हजार पहिलो किस्ता लिएका भुकम्पीय लाभग्राहीका लागि भुकम्प पुननिर्माण प्राधिकरणबाट ९ जना प्राविधिक खटेर आउनुपर्नेमा हालका लागि १ जना ईन्जिनियर ३ जना सव ईन्जिनियर आएका र पाँचजना ईन्जिनियर आउन बाँकी भएपनि साविकको पुरानो नगरपालिकालाई दोश्रो किस्ता दिने तयारी भईरहेको छ । 

साविकको नगरपालिकामा पहिल्यै डकर्मीको तालिम सकिएको र नगपालिकाको बिजयखर्क, नेर्पा, दोर्पा ७, दोर्पा ८, निर्मलीडाडाँमा बुधबार डकर्मी तालिम समापन हुनछ । आगामी ५ गतेबाट जालपामा खार्मी, पाथेका, जालपा, नुनथला र बुईपाको तालिम सकिएपछि १५ वडामै भुकम्प लाभग्राहीका लागि घर बनाउन शुरु गरिने मेयर रिजालले बताए । 

यसैगरी, नगरशिक्षा नियमावली लागु गरिएको, फागुनको पहिलो हप्ता बृहत शैक्षिक सेमिनार गरिने, नमुना कृषि उद्यमी कार्यक्रम कार्यन्वयन कार्यविधी, नगर रेन्बोट्राउट कार्यक्रम कार्यन्वयन कार्यविधी, प्रधानमन्त्री कृषिका लागि ब्लग र पकेट कार्यक्रमको आवेदन संकलन र नगरभित्र ५० प्रतिशत अनुदानमा ३ सयवटा प्लाष्टिक टर्नेल वितरण गरिने र हाटडाडाँमा आधुनिक बधशाला निर्माण गरिएको ‘मिट द प्रेस’मा जानकारी गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ कुलमानमाथि लक्षित गर्दै ओलीको प्रश्न: नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो ? बालेनलाई युवा संघको चेतावनी, समाजलाई भड्काउने काम नगर प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युतका हाकिम माथि आक्रमण पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन सिरहामा खोला किनारमा भेटियो बोराभित्र शव झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल १०० रुपैयाँ फिर्ता नदिँदा ओमप्रकाशको हत्या, आरोपी पक्राउ कोइला बोकेको ट्रक त्रिशुलीमा खस्दा चालकको मृत्यु   आजको मौसम: बिभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कुलमान हटाएको विरोधमा रवि लामिछानेले गरे मैन बत्तीबालेर मौन बिरोध माओवादी अध्यक्ष प्रचण्डले भने ‘यो खबर असत्य सावित होस्’ अन्तत: कुलमानलाई सरकारले हटाई छाड्यो, हितेन्द्रदेव साक्य नियुक्त