१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

श्रीमान-श्रीमती बनेर डेरामा बसेकी महिलाद्वारा पुरुषको हत्या

२ माघ २०७४, मंगलवार १७:५५

माघ २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक महिलाले पुरुषको हत्या गरिदिएकी छिन् । कैलालीकी ३० बर्षीय धर्मा बोहराले बैतडीका २५ बर्षिय राजु बोहराको हत्या गरिदिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उप महानगरपालिका–३ चटकपुरकी विवाहित धर्मा बोहराले बैतडी दशरत चन्द नगरपालिका–२ देहिमाण्डौँका राजु बोहराको हत्या गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टले गयेराती धर्माले राजुको घाँटीमा छुरा प्रहार गरि हत्या गरेको बताए । उनका अनुसार घाईते राजु बोहराको उपचारका क्रममा डेढबजे महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको छ । 

कञ्चनपुर प्रहरी प्रमुख विष्टले धर्मा बोहरालाई पक्राउ गरि अनुसन्धान भईरहेको बताए । मृतक बोहराको शव पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

कञ्चनपुर प्रहरीले घटनाका बारेमा गहिरो अनुसन्धान भईरहेको जनाएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याएर घटना सार्वजनिक गर्ने प्रहरीको भनाई छ । 

डेढ महिना अघि श्रीमान श्रीमती बनेर भीमदत्त नगरपालिका–१८ कटान इन्द्रनाथ योगीको घरमा डेरागरी बस्दै आएका धर्मा बोहरा र राजु बोहराको अवैध सम्बन्ध रहेको खुलेको छ । 

शसस्त्र प्रहरी बल जवान पदबाट निलम्बीत राजु बोहराले आफ्नो घरबार बिगारेको धर्माले प्रहरी समक्ष बयान दिएकी छिन् । राजुले पटक पटक धर्मालाई झुल्याएर यौनदुराचार गर्दै अश्लील भिडियो बनाएर बार्किनिङ्ग गर्दै आएका थिए । 

घरधनी इन्द्रनाथ योगीले मंसिर २२ गते राजुले प्रहरी हुँ भन्दै श्रीमान श्रीमतीका लागि डेरा लिएको बताए । 

विवाहित महिला र अविवाहित पुरुषको अवैध सम्बन्धबाट महिलाको घरबार बिग्रीनु र पुरुषको जागिर धरापमा पर्दा यस्तो परिमाण आएको समाजिक अगुवाको बुझाई छ । 

अबिवाहित जागिरे पुरुषले बिवाहित महिला संग र बिवाहित महिलाले अविवाहित पुरुषसंग अवैध यौन सम्पर्कका लागि समाजमा विकृती बढ्दै गएको समेत समाजिक अगुवाको चिन्ता छ । समाजमा संस्कार हराउदै गएकाले यस्ता उच्छृङगल घटना भईरहेको समाजिक अगुवाको चिन्ता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार