२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा स्वास्थ्य अधिकार बारे वकालत गरिने

२०७४, २ माघ मंगलवार १७:५६

माघ २, कञ्चनपुर । नागरिकका लागि राज्यबाट प्रदान गरिएको स्वास्थ्य अधिकार बारे वकालत गरिने भएको छ । 

राज्यबाट विभिन्न स्वास्थ्य अधिकार प्रदान गरिए पनि व्यवहारिक रुपमा सरकारी अस्पतालले कार्यान्वयन नगर्दा नागरिक स्वास्थ्य अधिकारबाट बञ्चित भएको निष्कर्ष निकाल्दै प्राथमिक स्वास्थ्य अधिकार केन्द्रले वकालत गर्ने भएको हो । 

प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरले पनि यस जिल्लामा स्वास्थ्य अधिकारका लागि पैरवी चलाउने भएको छ ।

त्यसका लागि जिल्ला संजालले सरकारी निकाय, गैर सरकारी संस्था स्वास्थ्यकर्मी, मानवअधिकारकर्मीसंग छलफल गरिरहेको छ । प्राथमिक स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल कञ्चनपुरका संयोजक कृष्णसिह देउपाले नागरिकको स्वास्थ्य अधिकारका लागि कञ्चनपुरमा समेत अभियान संचालन गरिने बताए ।

संयोजक देउपाका अनुसार कुनै पनि नागरिक उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा उसले उपचारका लागि पर्चा काट्दादेखि उपचार गराउदाँसम्मको अवस्था कुन ठाउँमा उसलाई समस्या भयो, या अन्याय भयो ? सो बारेमा अध्ययन गरेर स्वास्थ्य अधिकार दिलाईने बताए ।

उपचारमा लार्पबाही गर्ने र पाउने अधिकारबाट बञ्चित गराउने स्वास्थ्यकर्मी समेतको स्वास्थ्य अधिकार बर्ष पुस्तकमा उल्लेख गरिने समेत बताए ।

‘स्वास्थ्य अधिकार नपाएको पीडितले फारम भर्नुपर्छ, ‘संयोजक देउपाले भने, ‘फारम भरेपछि उसलाई स्वास्थ्य अधिकार दिलाईन्छ ।’ सरकारले स्वास्थ्यका क्षेत्रमा लागु गरेका कार्यक्रम प्रभावकारी गर्नका लागि मञ्चले काम गर्ने उनको भनाई छ । स्वास्थ्य अधिकारबाट बञ्चितलाई फारम भर्न समेत आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो