"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालबालिकाहरुलाई लक्षित गर्दै अछाममा स्वास्थ्य शिबिर

३ माघ २०७४, बुधबार १६:०१

कमल रावल/माघ ३, अछाम । आँखा, कान र विभिन्न शारीरिक समस्या भएका बालबालिकाहरुलाई लक्षित गर्दै अछाम जिल्लाको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । 


जिल्लाको पञ्चदेवल विनायक नगरपालिका विनायकमा रहेको स्वास्थ्य चौकीमा माघ २ गते र सदरमुकाम मंगलसेन स्थित जिल्ला अस्पतालमा माघ ३ गते शिबिर सम्पन्न भएको हो। 

शिविरमा १७१ जनाको स्वास्थ्य परीक्षण गरिएको र ६ जनालाई सामाग्री बितरण गरिएको समाबेशी प्रारम्भिक तह पढाइ परियोजना जिल्ला अधिकृत अमर खड्काले जानकारी दिएका छन् । 

कार्यक्रम लागू भएका १० वटा विद्यालयमा विगत २ पटक गरिएको प्रारम्भिक पहिचान र चेक जांचमा आँखा, कान र विभिन्न शारीरिक समस्या देखिएका बालबालिका लक्षित गरी संचालन गरिएको शिविरमा अन्य व्यक्तिले समेत उक्त सेवा पाएका थिए भने महेन्द्र मा.वि बयलपाटाको स्रोत कक्षामा अध्ययनरत सुनाइ सम्बन्धि समस्या भएका ७ बालबालिको माघ १ गते विद्यालय मै चेक जांच गरी ३ जनालाई सुनाइमा सहयोग गर्ने सामग्री वितरण गरिएको थियो । 


युनिसेफको आर्थिक सहयोगमा विश्व शिक्षा नेपाल र ह्याण्डिक्याप इन्टरनेशनल नेपालको प्राविधक सहयोग सेतो गुराँस बाल बिकास सेवा अछामद्वारा संचालित अपांगता भएका बालबालिका केन्द्रित समावेशी प्रारम्भिक तह पढाइ परियोजना अन्तर्गत पुनस्थापना तथा विकासका लागि स्रोतकेन्द्र (आर.सि.आर.डी) नेपाल र सेतो गुराँस बालविकास सेवा अछामको संयुक्त आयोजना तथा स्वास्थ्य चौकी विनायक र जिल्ल स्वास्थ्य कार्यालय अछामसँगको समन्वयमा आँखा, कान र विभिन्न शारीरिक समस्या भएका बालबालिकाको शिविरमा परीक्षण र चेक जांच गरिएको थियो । 


सेतो गुराँस बालविकास सेवा अछामले स्थापनाकाल (२०६३) देखि जिल्लामा बाल विकास, बाल अधिकार र विगत २ वर्ष देखि अपांगताको क्षेत्रमा समेत काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु