२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

फागुन १६ बाट प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव हुने

२०७४, ४ माघ बिहीबार ०५:३८

माघ ४, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४  हुने भएको छ । 

आज हेटौँडामा महोत्सव आयोजक बुद्ध युवा क्लब हात्तिसुडेले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै बुद्ध युवा क्लबका अध्यक्ष विजय लामा थिङले महोत्सव फागुन १६ गतेबाट २७ गतेसम्म हुने जानकारी दिए । पत्रकार सम्मेलनमा उनले कला, सस्कृति, कृषि, पर्यटन, ब्यापार तथा खेलकुद प्रर्वद्धनको लागि महोत्सवको अयोजना गर्न लागिएको बताए ।

बकैया गाउँपालिका वडा नंबर ३ को बकैया नदि तिर हात्तिसुडेमा हुने महोत्सवमा  खुल्ला बकैया सिङ्गीङ स्टार तथा डान्स आईडल, खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता, खुल्ला पूरुष तथा महिला भलिबल प्रतियोगिता, ढेडो खाने प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, आमा समुह स्तरीय रत्यौली प्रतियोगिता हुने उनले बताए ।

२ सय वटा स्टल रहने महोत्सवमा अत्याधिक सस्तो बजार, कृषी तथा पर्यटनका स्टल, उद्योग तथा प्रविधिको विषयमा जानकारी लगाएतको विभिन्न स्टलहरु रहेन छन् । मकवानपुर जिल्लाको झण्डै आधा जनसंख्या रहेको पुर्वी मकवानपुरको क्षेत्रहरुलाई महोत्सवले प्रर्बद्धन गर्ने उनको भनाई रहेको छ ।

महोत्सवलाई अझ भब्य बनाउनको लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकको भनाई रहेको छ । कार्यक्रममा हामीले पत्रकारिता जगतबाट बकैयाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पत्रकारलाई प्रथम बकैया पत्रकारिता पुरस्कारबाट सम्मानित  गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

महोत्सवको लागि करिब ५७ लाख खर्च हुने अयोजकले जानकारी दिएको छ । 

महोत्सवमा करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको लामाले बताए । महोत्सवमा छिमेकी गाउँपालिका बागमती, मकवानपुरगढी, हेटौँडा उपमहानगरपालिका, छिमेकी जिल्लाहरु बारा, रौतहट, सिन्धुली, काभ्रे, ललितपुर, काठमाण्डौँ, सर्लाही लगाएतको क्षेत्रबाट अवलोकनको लागि आउने समेत उनको भनाई रहेको छ ।

महोत्सवको लागि बकैया गाउँपालिकाले पनि महत्वपूर्ण सहयोग गर्न बचन दिएको अध्यक्ष लामाले बताए । बकैयाको सानको रुपमा गर्न लागिएको कार्यक्रमलाई सफल बनाउनको लागि उनले जिल्लाका सबै निकायहरुलाई आग्रह पनि गरेका छन् ।  आयोजक बुद्ध युवा क्लबले यस अघि पनि सप्ताह कार्यक्रमको अयोजना गरि स्थानीय तहमा एम्बुलेन्स समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा