माघ ४, विराटनगर | नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

डा. टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

होमियोपैथिक चिकित्सा पद्धतिबाट आँखा, कान, दातलगायतका एक हजार बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको संघका अध्यक्ष डा. रवीन्द्रकुमार रायले जानकारी दिनुभयो । रासस