२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सडक नाटकमार्फत समुदायलाई सचेत गराइदै

२०७४, ४ माघ बिहीबार १०:३८

माघ ४, डडेल्धुरा  | सडक नाटक प्रस्तुत गरी समुदाय स्तरमा रहेका विभिन्न कुसंस्कार र पुराना रुढीवादी परम्परालाई हटाउने प्रयासको थालनी भएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा विपत पूर्व सूचनासम्बन्धी, एचआइभीसम्बन्धी र छाउपढी न्यूनीकरण, महिला हिंसा न्यूनीकरण र बालविवाहसम्बन्धी सूचना दिनु परे सडक नाटकलाई नै प्राथमिकता दिने गरेको गैरसरकारी महासंघका अध्यक्ष टेकराज पाण्डेयले बताउनुभयो । 

पछिल्लो समयमा जिल्लामा छाउपढी, छुवाछूत, घरेलु हिंसाजस्ता घटनालार्ई न्यून गर्न विभिन्नस्तरका सडक नाटक प्रस्तुत गर्ने क्रम बढिरहेको छ । नाटकका माध्यमबाट कार्यक्रम बढी प्रभावकारी भइरहेको र समुदायका सर्वसाधारणले पनि सजिलै बुझ्ने भएकाले यसलाई प्रथमिकतामा राखिएको सरोकारवालाको भनाइ छ । 

सरकारी तथा गैरसरकारी संस्थाले जनचेतना गराउन सडक नाटक प्रभावकारी बन्दै गइरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक पे्रमबहादुर महरले जानकारी दिनुभयो । 

सडक नाटकबाट सचेतना गराउँदा बढीभन्दा बढी मान्छे आकर्षक हुने र खर्च पनि कम हुने हुँदा पनि यो प्रभावकारी लागेको उहाँको भनाइ छ । अन्य सचेतना कार्यक्रमा निश्चित मानिसले मात्रै जानकारी पाउने भए पनि सडक नाटकबाट सबैले मनोरञ्जनसँगै व्याबहारिक ज्ञानसमेत पाउने भएकाले आफ्नो कार्यालयमा रहेका विभिन्न कार्यक्रममा सडक नाटकलाई प्राथमिकतामा राखेको निर्देशक महरले बताउनुभयो । 

स्थानीय भाषामा तयार पारिएको नाटकले समुदायस्तरमा रहेका हेयभाव र दृष्टिकोणलाई न्यून पार्नमा मद्दत पु¥याइरहेको नाटक प्रस्तुत कर्ता कैलाश भट्टराईले बताउनुभयो । 

यसैगरी सुरक्षित गर्भपतनसम्बन्धी हाम्रो समाजमा रहेका हेयभाव तथा लाञ्छाना न्यूनीकरण गर्न जिल्लाभरका १२ वटा स्वास्थ्य चौकीका समुदायमा ३६ वटा सडक नाटक प्रस्तुत गर्न लगाई यस्ता सामाजिक विकृतिलाई न्यून गर्न लागिएको बहुउद्देश्यीय विकास समाजले जनाएको छ । 

समाजमा रहेको सुरक्षित गर्भपतनसम्बन्धी हेयभाव तथा लाञ्छना न्यूनीकरणसँगै सुरक्षित गर्भपतनका कानूनी मान्यता र महिलाका यौन तथा प्रजनन अधिकारसम्बन्धी जनचेतनासमेत दिने गरेको नाटक प्रस्तुतकर्ताको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण