2026-10-06 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

माघ ५, पाँचथर | सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । 

आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अधि बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ । 

आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले आवश्यक जनशक्ति, कच्चापदार्थ, र उपकरणको प्रयोग एकै साथ गरिरहेको छ । विसं २०७२ देखि शुरुवात भएको आयोजनामा विविध कारणले ११ महिनासम्म आयोजनाको काम स्थगित भएको थियो । 

सम्बधित निकाय र स्थानीयको दबाब बढेपछि निर्माण कम्पनीले ढिलै भए पनि आयोजनाको कामलाई तीव्रता दिएको थियो । तर पछि मुहानको विवाद मिलेपछि लोरिपा दोभानबाट तमोर खोलाको लुमुघाटमा मुहान सारेपछि आयोजनाले तीव्रता पाएको हो । 

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङका अनुसार खानेपानी उपभोक्ता समिति, प्राविधिक र निर्माण कम्पनीका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भइसकेपछि आफूहरुले रेखदेख गर्दै आएको हुँदा आयोजनाको कार्यले गति लिएको उहाँले बताउनुभयो । 

गाउँपालिकामा खानेपानी समस्या भोगिरहेका स्थानीयको पीडामा मलमपट्टि लगाउनका लागि भएपनि समयमै आयोजनाको कामलाई पूरा गरेरै छोड्ने प्रेरा स्वामीनारायण जेभी, मोरङका निर्माण व्यवसायी सन्तोष बस्नेतले बताउनुभयो । 

निर्माण कम्पनीले तमोर नदीमा पानी जम्मा गर्ने इनार निर्माण गर्दै आएको छ । आयोजनाका ११ वटा आरभिटीमध्ये बाँकी रहेका चारवटा आरभिटीको काम गर्दै आएको छ । वितरण लाइनको २९ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै