२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

२०७४, ६ माघ शनिबार १०:५६

माघ ६, गुल्मी । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ । 

मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो । 

उक्त गुफामा विष्णु महेश्वर, सीताराम, काग, लालीगुराँस, नाग, हात्ती, पोखरीलगायतका ६१ प्रकारका विभिन्न भगवान्का चित्रण देख्न पाइन्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिको दिन गुफामा माघी मेला लाग्ने र पूजा आराधनासँगै उक्त दिन गुफाभित्र प्रवेश गराउने, अघिपछि गुफाको अवलोकन गर्न आउनेलाई भने सम्र्पक गरेर जुनबेला पनि गुफा देखाउने व्यवस्था गरिएको गुफाको अवलोकन गर्दा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको जानकार सतिराम कँुवरले जानकारी दिनुभयो । 

गुफालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले चाहेर पनि आर्थिक अभावले गर्दा नसकिएकाले गुफाको प्रत्यक्ष अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गुफाको महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नसमेत धौधौ भएको विचित्र सीतागुफा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका अध्यक्ष डम्मरबहादुर बोहोराले बताउनुभयो । 

पर्यटकीय तीर्थस्थल र धार्मिक महत्व बोकेको गुफाले पौँदीअमराईको प्राचीन संस्कृति सभ्यता बोकेकोसमेत गुफाका जानकार बताउँछन् । 

अघिपछिको समयमा पनि गुफाको अवलोकन गर्न आउनेको लागि समितिले सम्र्पक गरेर आउँदा जुनसुकै समयमा पनि गुफा हेर्ने प्रबन्ध मिलाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो