२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

६ माघ २०७४, शनिबार १०:५६

माघ ६, गुल्मी । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ । 

मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो । 

उक्त गुफामा विष्णु महेश्वर, सीताराम, काग, लालीगुराँस, नाग, हात्ती, पोखरीलगायतका ६१ प्रकारका विभिन्न भगवान्का चित्रण देख्न पाइन्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिको दिन गुफामा माघी मेला लाग्ने र पूजा आराधनासँगै उक्त दिन गुफाभित्र प्रवेश गराउने, अघिपछि गुफाको अवलोकन गर्न आउनेलाई भने सम्र्पक गरेर जुनबेला पनि गुफा देखाउने व्यवस्था गरिएको गुफाको अवलोकन गर्दा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको जानकार सतिराम कँुवरले जानकारी दिनुभयो । 

गुफालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले चाहेर पनि आर्थिक अभावले गर्दा नसकिएकाले गुफाको प्रत्यक्ष अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गुफाको महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नसमेत धौधौ भएको विचित्र सीतागुफा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका अध्यक्ष डम्मरबहादुर बोहोराले बताउनुभयो । 

पर्यटकीय तीर्थस्थल र धार्मिक महत्व बोकेको गुफाले पौँदीअमराईको प्राचीन संस्कृति सभ्यता बोकेकोसमेत गुफाका जानकार बताउँछन् । 

अघिपछिको समयमा पनि गुफाको अवलोकन गर्न आउनेको लागि समितिले सम्र्पक गरेर आउँदा जुनसुकै समयमा पनि गुफा हेर्ने प्रबन्ध मिलाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…