नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुमा देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेको छ ।

आधुनिक समय संगै नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेको हो । पहिलेका बर्ष हरुमा युवा पुस्ताबाटनै शुरुवाती हुने देउडा भएपनी आजभोलीका युवामा देउडाको खासै चासो नभएको पाईएको छ ।

देउडाको खेल बाटै माया प्रितृका देउडा गाउने र मन मिले बिवाह गर्ने रातीमा गोठमा गई केटार केटी एकआपसमा देउडाको माध्यमबाट रमाईलो गर्ने गरेका भएपनी आजभोली त्यस्तो सबै लोप भएको र युवाले पनी देउडा प्रति चासो नदेखाउने गरेको छायाँनाथ रारा नगरपालीका वडा नं ४का खगेन्द्र हितानले बताउनुभयो ।

उहाँले भन्नुभयो घांस ,दाउरा वनपाखामा पनी मन थकाउन भोक प्यास मेटाउन भएपनी देउडा गित गाउने प्रचलन भएपनी आधुनिकता संगै सबै लोभभएको हितानको भनाई छ । यता मुगुका युवा सञ्चारकर्मि हराउदै जानलागेको स्थानीय देउडा लाई संरक्षण गनुपर्ने भन्दै लागेका छन ।

पछील्लो समय युवा पुस्तामा मा चासोनै नभएको देउडा प्रतिको बुझाई र हेराई कसरी युवा पुस्तालाई चासोको बिषय बनाउन सकिन्छ भन्ने मान्यतामा बिभिन्न कार्यक्रम गरी तथा देउडा कार्यक्रमा सहभागीता जनाएर भएपनी आफु आफुहरु लागीपरेको सञ्चारकर्मि रामदेवि खडकाले बताउनुभयो ।

उहाँले भन्नुभयो देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेकोमा देखोसो गनुभयो ।

आधुनिक समय संगै सामाजिक सञ्चाल नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेबा बेला कसरी युवालाई देउडा मा कसरी आकर्षण गर्न सकिन्छ भनेर लागी परेको मुगुका सञ्चारकर्मिहरुको भनाई छ ।

यसै बिच सदरमुकाम गमगढी बजारमा जारी दोस्रो बखत बहादुर शाहि स्मितृ खुल्ला देउडा प्रतियोगितामा मुगुका सञ्चारकर्मिले सहभागी जनाई तृतिय स्थान आउन सफल भएका छन ।

मुगु: युवा पुस्तामा देउडाप्रति चासो घट्दै
By kit
5 मिनेट पढाइ