Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
January 21, 2018 झापा - JP, समाज

शरीर दान गर्नेको संख्या बढ्दै

By kit 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

यज्ञराज आङ्देम्बे / माघ ७, झापा । पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् ।

मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान कार्यक्रम शुरु गरेको हो ।

संस्थाका तत्कालीन अध्यक्ष गणेशबहादुर बस्नेतले आफूले शरीर दान दिने इच्छाएपछि सो कार्यक्रम औपचारिक रुपमा शुरु भएको थियो । बस्नेतको घोषणालगत्तै सहकारीका सदस्य गंगा ढकाल, केपी ढकाल र मेचीनगर नगरपालिकाका सावित्रा खड्काले पनि आफ्नो निधनपछि शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रमअन्तर्गत सहकारीलाई दमक–७ का देवेन्द्रप्रसाद बरालको शरीर पहिले प्राप्त भएको थियो । त्यसपछि २०७० जेठ २ गते बस्नेत र तेस्रामा दमक–९ की लक्षिमा घिमिरेको शरीर २०७४ भदौमा सहकारीलाई प्राप्त भएको व्यवस्थापक खोमप्रसाद बगाले थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवंगत हुनुअघि शरीर दान गर्ने सदस्यको शर्तअनुसार दानस्वरुप प्राप्त मृत शरीरलाई सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको छ ।

मृत्युपछिको शरीर पनि उपयोगमा ल्याउन सकिने थाहा पाएपछि अहिले शरीर दान गर्न इच्छा व्यक्त गर्नेको संख्या बढेको थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम शुरु भएको १३ वर्षमा ८९ जनाले शरीर दान गर्ने इच्छापत्र भरिसकेका छन् जसमा २७ महिला छन् । शरीर दान गर्नेमा अधिकांश दमक नगरपालिकाका बासिन्दा छन् ।

त्यस्तै २०१ जनाले आँखा दान गर्ने पनि इच्छापत्र भरेका छन् । आँखा दान गर्न इच्छुक हुनेमा आधा महिला छन् । थापाका अनुसार मृत्युपछि शरीरजस्तै आँखालाई पनि उपयोगमा ल्याउन सकिन्छ । मृत शरीर चिकित्सा शिक्षामा आवश्यक हुन्छ । चिकित्सक शिक्षाका विद्यार्थीलाई प्रयोगात्मक कक्षा दिन मानव शरीर आवश्यक पर्छ । स्रोतका अनुसार नेपालका केही मेडिकल कलेजले विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भारतबाट बेवारिसे शव खरिद गरेर ल्याउने गरेका छन् ।

“एमबिबिएस पढ्ने विद्यार्थीका लागि मानव शरीर अत्यन्तै महत्वपूर्ण रहेछ । भारतबाट बेवारिसे शव किनेर ल्याएको देखेपछि हामीले यस्तो अनौठो कार्यक्रम शुरु गरेका हौँ”, थापाले भन्नुभयोे,“सुन्दा अनौठो मात्रै लाग्दैन । हाम्रो संस्कृति विरोधीजस्तो देखिन्छ । तर अहिले विस्तारै मानिसको सोचाइ परिवर्तन हुँदै गएको छ । जनमानसमा सकारात्मक सहयोग, सद्भाव प्राप्त हँुदा शरीर र आँखा दान गर्नेहरु बढ्दै गएका छन् ।”

सहकारीका अध्यक्ष नारायण भट्टराईले चिकित्सा पठनपाठनमा आफ्नो मृत शरीर काम लागोस् भनेर शरीरदान कार्यक्रम राखिएको बताउनुहुन्छ । आफूले समेत शरीर दान गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “एउटा राम्रो कामको शुरुवात थालनी भएको छ, आजसम्म नियमित सञ्चालनमा क्रममा छ”, उहाँले थप्नुभयो, “मृत शरीरबाट चिकित्साशास्त्र पढ्नेले पढ्न पाउँछन् भने यसलाई दान गर्दा पुण्य नै कमाइन्छ ।”

भट्टराईका अनुसार शरीर दान कार्यक्रमलाई संस्थाको वार्षिक कार्यतालिकामै समावेश गरिएको छ । उहाँ स्वेच्छिक शरीर दान कार्यक्रमलाई प्रोत्साहन गरिआएको बताउनुहुन्छ । “शरीर वा आँखा दान गर्न इच्छापत्र भर्नुअघि हामीले उसको परिवारको पनि मञ्जुरी लिने गरेका छौँ”, भट्टराईले थप्नुभयो, “शरीर दान, आँखा दान नितान्त व्यक्तिगत अधिकारको कुरा हो तर यस्तो इच्छा भोलि गएर पारिवारिक किचलो नबनोस् भन्नेतर्फ हामी सचेत छौँ ।”

शरीर र आँखा दान गर्न इच्छुक दातासँग संस्थाले लिखित मञ्जुरीनामा लिने गरेको हुने बताउँदै अध्यक्ष भट्टराईले इच्छाएका व्यक्तिको मृत्यु भए संस्थाको सम्पर्कबाट अस्पतालका चिकित्सकले शव बुझेर लाने गरेको बताउनुभयो । शव अस्पतालले पठाएपछि मृतकका परिवारले आफ्नै परम्परागत संस्कृतिअनुसार काजकिरिया गर्छन् ।

“दिवंगत भएपछि शरीरलाई जलाएर नष्ट गर्नुभन्दा चिकित्सा शिक्षाजस्तो सम्मानजनक पेशालाई दान गर्न चाहँे”, ‘सतासी’ साप्ताहिकका सम्पादक छविलाल दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिवंगत भएपछि गरिने अन्त्येष्टिले धार्मिक पुण्य नभई वातावरण नै प्रदूषित हुन्छ । त्यसैले मैले मृत्युपछि शरीर दान गर्न इच्छापत्र भरेको छु ।”