2026-08-31 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन उद्योग संघको २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा

माघ ७, चितवन | चितवन र नवलपुरका उद्योगीको छाता संगठन चितवन उद्योग संघले २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा गरेको छ । 

कसरामा दुई दिनसम्म चलेको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठीले महत्वपूर्ण कार्ययोजनाको रुपमा निर्माणधिन चितवन प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय स्थापनालाई प्राथमिकतामा राखेको छ । 

दुईवर्षे कार्यकालमा चितवन प्रदर्शनी केन्द्र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा ल्याउने, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय निर्माण गर्ने कार्ययोजना बनाइएको संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । 

“दुई वर्षे कार्यकालमा धेरै काम गर्नुपर्ने छ, मुख्य कार्यक्रमका रुपमा प्रदर्शनी केन्द्र, औद्योगिक क्षेत्र र प्राविधिक शिक्षालयलाई अघि बढाएका छौं”–अध्यक्ष दुवाडीले भन्नुभयो । 

भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघकै परिसरमा अहिले चितवन प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको तयारी अन्तिमचरणमा पुगेको छ । 

यस्तै जिल्लाको जुगेडीस्थित जुरेथुम्कामा संघको स्वामित्वमा रहेको पाँचबिघा जमिनमा औद्योगिक प्राविधिक शिक्षालय स्थापना गर्न गुरुयोजना बनाउने गरी काम अघि बढाइने संघका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो । 

यसैगरी संघले विगतका वर्षमा गर्दै आइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । प्रत्येक दुई÷दुई वर्षमा गर्दै आइरहेको प्रदर्शनी यसवर्ष आउँदो चैत महिनाको दोस्रो सातादेखि गर्ने तय भएको संघका उपाध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । 

चितवन उद्योग संघले औद्योगिक सूचना केन्द्रको स्थापना, कर्मचारीलाई दक्ष बनाउन तालीम आयोजना जस्ता अन्य थुप्रै कार्ययोजना तयार पारेको छ । संघले औद्योग व्यवसायीसँग सम्बन्धित औद्योगिक नीति बनाउन संघको प्रतिनिधि पठाउने समेत निर्णय गरेको छ ।  (रासस)

। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो