२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

२०७४, ८ माघ सोमबार ०५:४१

माघ ८, चितवन | राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ । 

चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि टाइम कार्ड लागू गरिएको हो । जसअनुसार ती सवारीले भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्म २० किलोमिटर ४५ मिनेटमा पुग्नु पर्नेछ । 

यस्तै भण्डारादेखि मकवानपुरको मनहरीसम्म २० किलोमिटर ३५ मिनेट, मनहरीदेखि भण्डारा २० किलोमिटर ३५ मिनेट र भण्डारादेखि पुनः गोन्द्राङ्सम्म ४५ मिनेटमा पुग्नु पर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । 

टाइम कार्डको गोन्द्राङ्, भण्डारा र मनहरी प्रहरीले निगरानी गर्ने पन्तले बताउनुभयो । टाइम कार्डको उल्लंघन गर्नेलाई सवारी यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो । चितवनको सडक हुँदै अहिले दुई हजारभन्दा बढी ट्रक र टिपर सञ्चालन हुने गरेका छन् । 

चालु आवको पुससम्ममा ११५ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यी दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको छ भने २३० जना घाइते भएका थिए । जसमध्ये ३० वटा दुर्घटनामा ट्रक र टिपरको संलग्नता रहेको प्रमुख पन्तले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस