2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आगलागी पीडितलाई राहत वितरण

माघ ८, उदयपुर | माघ १ गते आगलागीमा परेका उदयपुर जिल्लाको रौतामाई–२ का पाँचघरका बिचल्ली परिवारलाई एक हप्तापछि आइतबार राहत वितरण गरिएको छ । 

माघ १ गते दिउँसो चिसोको कारण स्थानीय बालबालिकाले आगो बालेर ताप्ने, खेलाउने क्रममा स्थानीय पाँचघर आगलागी भई आगालागीबाट घर गुमाएका २४ जना परिवारलाई आइतबार जिल्ला रेडक्रसका प्र्रतिनिधिसहित रौतामाई गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा केही राहत वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभएको छ । 

प्रतिघर परिवारलाई एक–एक बोरा चामल तथा भाँडाकुडा, लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडा पीडित बसेको स्थानमा गएर वितरण गरिएको हो । 

यस्तै, नगद रुपैयाँ प्रतिपरिवार तीन हजारका दरले समेत वितरण गरिएको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले बताउनुभयो । राहत प्राप्त गर्ने अग्नि पीडित परिवारमा कर्णबहादुर विक, रणबहादुर विक, मेघबहादुर विक, चक्रबहादुर विक र सम्झना विक घरमूली रहेका छन् ।

यता पीडित परिवारले भने तत्काल आफूहरूसँग बस्ने घर नभएको, घर निर्माण गर्ने रकमको अभाव भएको र छोराछोरीहरलाई विद्यालय पठाउने खर्च तथा अन्य खाने अन्नपानी समेत नभएको गुनासो गरेका छन् । खरको छानोको घर आगलागी भएपछि पीडित नजिकैका गाईगोठ वस्तु गोठमा अस्थायी रूपमा बस्दै आएका छन् । पीडितको घर निर्माण गर्न र उनीहरूको नानीको पठनपाठनको समस्या समाधान गर्न आफूले आर्थिक सहयोग जुटाउन पहल गर्ने रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई