२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खोटो संकलन कार्यले वन विनाश भयो

२०७४, ८ माघ सोमबार ०७:०९

धनबहादुर भण्डारी / डडेल्धुरा ८, माघ | लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई राक लगाउने अभियान नै थालिएको छ । 

चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै रुखबाट निरन्तर खोटो संकलन गर्दा डडेल्धुराका सल्लेरी वन सुक्न थालेका हुन् । सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्ने वनकर्मीले सामुदायिक वनलाई सुझाव दिएको छ । 

डडेल्धुरामा खोटो संकलन हुने वनको क्षेत्रफल ३० हजार हेक्टर रहेको जिल्ला वन कार्यालयले जनाएको छ । हालसम्म डडेल्धुराको सल्लेरी वनमा भवानी केमिकल्स प्रालि, दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, माउण्ट रोजिन एण्ड टर्पेन्टाइन प्रालि र हिमचुली रोजिन एण्ड हर्वल प्रालिले खोटो संकलन कार्य गर्दै आइरहेका छन् । खोटो संकलन कार्यले सल्लेरी वन विनाश हुन थालेपछि सो कार्यलाई रोक्न वन उपभोक्ता समितिलाई जिल्ला वन कार्यालयले निर्देशन दिएको छ । 

डडेल्धुरामा चारवटा खोटो संकलन कम्पनीले काम गरिरहेका भए पनि वन निर्देशिका विपरीत खोटो संकलन गर्ने कार्य भएकाले सल्लेरी वनको अवस्था नाजुक भएको वन कर्मचारीको भनाइ रहेको छ । 

खोटो संकलन कार्यविधि, २०६४ अनुसार खोटो संकलनकर्ताले मापदण्ड र सम्झौताअनुसार खोटो संकलन नगर्दा सल्लाको वन नासिने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडाशैनीले जानकारी गराउनुभयो । 

डडेल्धुरामा हालसम्म ४७३ सामुदायिक वन, धार्मिक वन, तीन निजी र १६७ वटा कबुलियती वन रहेका छन् । जसमध्ये ३० हजार हेक्टर क्षेत्रमा सल्लाको वन रहेको छ । 

जथाभावी खोटो संकलन गर्दा जिल्लाका अधिकांश सल्लेरी वनका रुख सुकिसकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन गर्दा सल्लाका रुखमा रिल लगाउनका लागि खाली ठाउँ नहुँदासम्म पनि खोटो संकलन कार्यलाई भने निरन्तरता दिएको पाइन्छ । 

खोटो संकलनले केही उपभोक्ताबाहेक वन उपभोक्ता समिति र अन्यलाई खासै फाइदा नहुने र वनमात्रै विनाश भइरहेको भागेश्वर गाउँपालिका रुपालका भीमबहादुर बोहराले बताउनुभयो । खोटो संकलन कार्यले सल्लाको वन नासिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन् । 

लामो समयसम्म खोटो संकलन भइरहेका रुखको अवस्था हेरेर खोटो संकलन बन्द गर्नु पर्ने भए पनि डडेल्धुरा जिल्लामा त्यसो नगरिएको पाइएको छ । अब भने वन विनाश हुनबाट रोक्नका लागि खोटो संकलन कार्यलाई बन्द गरिने र वन उपभोक्तालाई अन्य आयमूलक कार्यमा लगाइने वनकर्मीको भनाइ रहेको छ । 

लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन हुँदा डडेल्धुराका ७५ प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुरा जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले जानकारी गराउनुभयो । लामो अवधिसम्म एउटै रुखबाट खोटो झिक्ने कार्यलाई तुरन्तै बन्द गरिने अधिकृत भण्डारीले जानकारी गराउनुभयो । 

खोटो संकलन उद्योगले खोटो संकलन निर्देशिकाको पालनासमेत गरेका छैनन् वन अधिकारकर्मीले जानकारी गराउनुभयो । एउटा रुखमा दुई वा दुईभन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने गरेको गोरिल सामुदायिक वनका उपभोक्ताले जानकारी गराउनुभयो । 

पुरानो घाउलाई पोत्नु पर्ने र वृक्षरोपण कार्य पनि गर्नुपर्ने भए पनि कुनै कार्य नगरेको र गमलासमेत रुखमा नै भेटिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

डडेल्धुरा जिल्लाका धेरैजसो वनमा दिव्यारोजिन एण्ड टर्पेन्टाइन र भवानी केमिकल्स प्रालिले लामो समयदेखि खोटो संकलन गरिरहेका छन् । जिल्लाबाट वर्षेनी चार हजार मेट्रिक टन खोटो संकलन हुने गरेका छ । 

सुदूरपश्चिमका डडेल्धुरासहित डोटी, अछाम, बैतडी, बझाङमा विभिन्न कम्पनीले खोटो संकलन गरिरहेका छन् । संकलित खोटो सडक कालोपत्र गर्ने कार्यमा प्रयोग गरिन्छ । 

खोटो संकलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने भए पनि त्यसो गरेको भने पाइएको छैन । रुखमा लागेको घाउलाई नपोत्दा रुख नै सुकेर जाने गरेको सल्लेरी वनमा देख्न पाइन्छ । जथाभावी रिल लगाउन नपाउने भए पनि खोटो संकलकले आफ्नो फाइदाका लागि जथाभावी रुखमा खोप्ने र खोटो निकाल्ने गर्नाले रुख सुकेर जानुका साथै वन नै सखाप हुने अमरगढीका यज्ञराज जोशीले बताउनुभयो । 

वनका उपभोक्ता र जिल्ला वन डडेल्धुराका सहायक वन अधिकृत, वन हेरालुका साथै सर्वसाधारणलाई सल्लेरी वन नासिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण डडेल्धुराका अधिकांश सल्लेरी वन सखाप हुने भएकाले सल्लेरी वन जोगाउनका लागि खोटो संकलन कार्यलाई रोक्नु पर्ने वा व्यवस्थित गरिनु पर्ने सर्वसाधारणको बुझाइ रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला