२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

शैक्षिक गुणस्तरका लागि चेतना माध्यमिक विद्यालयमा अन्र्तक्रिया

२०७४, ८ माघ सोमबार ०८:००

माघ ८, काठमाडौं । काभ्रे रोशी गाउँपालिका १ मा रहेको चेतना माध्यमिक विद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

विद्यार्थी अभिभावक, शिक्षक तथा विद्यालय यवस्थापन समितिको संयुक्त सहभागितामा उक्त कार्यक्रम भएको हो । विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तरका लागि जोड दिन व्यवस्थापन समितिको आयोजनामा विद्यार्थी, अभिभावक र शिक्षकबीच प्रत्यक्ष अन्र्तक्रिया राखिएको समितिका अध्यक्ष अमित लामाले बताए । 


व्यवस्थापन समितिका अध्यक्ष लामाले आफ्ना छोराछोरीको पढाईमा ध्यान पु¥याउनुका साथै अभिभावकलाई छोराछोरीको भविश्यप्रति जिम्मेवार रहन र समय समयमा विद्यालयमा समेत अनुगमन गर्न आग्रह गरे । विद्यार्थीको मनोभावनालाई मध्यनजर गर्दै प्रयोगात्मक तरिकाले अध्यपन गराउन शिक्षकहरुलाई समेत अनुरोध गरे । 

त्यस्तै सहकार्य मासिक पत्रिकाका सम्पादक भीम लामाले विद्यार्थीहरुलाई जीवन र शिक्षाको सम्बन्ध बारे स्पष्ट पार्दै विद्यार्थीहरुलाई अध्ययनसंगै अनुशसानको समेत ख्याल राखेर विद्यालयमा शैक्षिक वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । विद्यार्थीहरुलाई पढ्नबाट बञ्चित नगर्न अभिभावलाई आग्रह गर्दै छोराछोरीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगराई प्रत्येक बालबालिकालाई विद्यालय पठाउनुपर्ने बताए । 


सो कार्यक्रममा प्रथम र द्धितिय त्रैमासिक परिक्षाको परिणाम सार्वजनिक तथा पुरस्कार वितरण सहित आर्थिक रुपमा कमजोरी विद्यार्थीका लागि छात्राविद्धि समेत प्रदान गरिएको थियो । त्यस छात्रावृद्धिमा कपडा र बत्तिको अभाव भएको घरका विद्यार्थीलाई सोलरबत्ति प्रदान गरिएको थियो ।

एसइइ परिक्षा नजिक आएको र बत्तिका कारण पढ्न कठिनाई विद्यार्थीका लागि वैकल्पिक उर्ज अभियानबाट उपलब्ध गराएको सोलरबत्ति वितरण गरेको विद्यालय प्रधानाध्यापक कर्णबहादुर लामाले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्