४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

९ माघ २०७४, मंगलवार ०५:५०

माघ ९,  चितवन | ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा (माघी) महोत्सव सोमबार समापन भएको छ । 


थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो । 

समापनका अवसरमा यहाँका पाँचजना पत्रकार सम्मानित भएका छन् । खिचरा महोत्सव आयोजक समितिले महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई नगद रु पाँच हजारसहित सम्मान गरेको हो । 


पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मानलाई थारु आन्दोलनका घाइते सञ्जीत महतो राहत कोषलाई प्रदान गर्नुभएको छ । महोत्सवमा आकर्षणको रुपमा थारु जातिको मुख्य खानाको परिकारमध्येको घोंगी र चिचरको पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको थियो । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले यस महोत्सवले थारु कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । 

महोत्सवमा आउने दर्शकको टिकटमा रु ३५ हजार बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको थियो भने प्रत्येक रु ५० को टिकटमा रु २५ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको थियो । 

महोत्सवमा चर्चित गायक प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, कमल खत्री, सञ्जय चौधरी, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, दुर्गा सापकोटा, सुरेश लामा, राज कुश्मी, अन्जु कुश्मीलगायत कलाकारले जोडदार प्रस्तुति दिएका थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ