2026-08-31 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

माघ ९,  चितवन | ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा (माघी) महोत्सव सोमबार समापन भएको छ । 

थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो । 

समापनका अवसरमा यहाँका पाँचजना पत्रकार सम्मानित भएका छन् । खिचरा महोत्सव आयोजक समितिले महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई नगद रु पाँच हजारसहित सम्मान गरेको हो । 

पत्रकार राजु चौधरीले आफूले पाएको नगद सम्मानलाई थारु आन्दोलनका घाइते सञ्जीत महतो राहत कोषलाई प्रदान गर्नुभएको छ । महोत्सवमा आकर्षणको रुपमा थारु जातिको मुख्य खानाको परिकारमध्येको घोंगी र चिचरको पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको थियो । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति, चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले यस महोत्सवले थारु कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । 

महोत्सवमा आउने दर्शकको टिकटमा रु ३५ हजार बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको थियो भने प्रत्येक रु ५० को टिकटमा रु २५ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको थियो । 

महोत्सवमा चर्चित गायक प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, कमल खत्री, सञ्जय चौधरी, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, दुर्गा सापकोटा, सुरेश लामा, राज कुश्मी, अन्जु कुश्मीलगायत कलाकारले जोडदार प्रस्तुति दिएका थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो