२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इँटा मजदूरले एकै सिजनमा पाँच लाखसम्म कमाउँछन्

२०७४, ९ माघ मंगलवार ०६:४८

लक्ष्मी गारु / माघ ९, भक्तपुर |  सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उहाँहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहनुभएको छ । 

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उहाँको दिनचर्या रहेको छ । “बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ । 

त्यसैगरी, सात र दुई वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उहाँहरुको पनि डेरा च्याम्हसिंहमा रहेको छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ । 

दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् । 

विगत पाँच वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहनुभएका रामबहादुरका अनुसार सिजनमा एक परिवारले रु तीनलाखदेखि पाँच लाखसम्म कमाउने गर्दछन् । दैनिक एक हजार २०० देखि दुई हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक रु दुईदेखि तीन हजार कमाइ हुने जानकारी दिनुभयो । 

आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताउनुभयो । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा एक रुपैयाँ ५० पैसा दिएको थियो । 

यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् । रोजीनाले भन्नुभयो, “प्रत्येक वर्ष केही न केही रकम वृद्धि गरेर दिने गरेको छ ।” विगतको तुलनामा इँटा पार्ने काम निकै सहज भइसकेको रोजीनाले बताउनुभयो । “पहिले इँटा पार्न आफैँ खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल इँटा पार्ने काम हुन्थ्यो,” उहाँले भन्नुभयो, “आजभोलि प्रविधिको विकाससँगै उद्योग आफैँले माटो मुछेर इँटा बनाउन तयारी माटो खलसम्म पु¥याउने व्यवस्था गरेको छ ।” 

इँटाभट्टाले मजदूरका सन्तानलाई शिशु स्याहार केन्द्रको बन्दोबस्त गरेका कारणले पनि इँटा बनाउने कार्य सहज भएको रोजीनाले बताउनुभयो । “विद्यालय जान सक्ने केटाकेटी विद्यालय जान्छन् । विद्यालय जान नसक्ने ससाना नानीलाई शिशु स्याहार केन्द्रमा राख्नुपर्ने व्यवस्था गरेको छ । काममा उल्झन नआउने भएकाले पनि इँटा पार्ने कामबाट राम्रै कमाइ हुन थालेको हो ।” 

भक्तपुर इँट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बाले जिल्लामा अहिले सञ्चालनमा रहेका ६२ वटै इँट्टाभट्टामा रहेका मजदूरलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको बताउनुभयो । हप्ताहप्तामा कम खर्च दिइनुका साथै आवश्यक पेश्कीसमेत समयमा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । “मजदूरका लागि पहिलाजस्तै अहिले माटो निकालेर मुछ्नु पर्ने समस्या छैन । 

जिल्लामा सञ्चालित सबै भट्टाका मजदूरका लागि भट्टा आफैँले माटो मुछेर खलखलमा पु¥याउने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “पहिला खलखलमा माटो मुछ्नका लागि बनाएको पोखरीमा बच्चा खसेर मृत्यु भएका घटनाका कारण पनि यो वर्षदेखि भट्टाले नै माटो मुछेर आवश्यक मात्रामा खलखलमा पु¥याउने व्यवस्था मिलाएको हो ।” 

मजदूरका सानासाना नानीका लागि चार÷पाँचवटा भट्टा मिलेर उपयुक्त हुने ठाउँमा शिशु स्याहार केन्द्र खोलेको अध्यक्ष ह्योम्बाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ६२ वटा इँटाभट्टाले अहिले २२ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् । शिशु स्याहार केन्द्रमा बालबालिकालाई खाना खुवाउने, खेल्ने र पढाउने व्यवस्था उद्योग स्वयंले गरिरहेको छ । 

भट्टामा काम गर्ने मजदूरले यदि राम्रोसँग काम गरेको खण्डमा एक परिवारले मात्र एक सिजनमा रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी गर्नसक्ने अध्यक्ष ह्योम्बा बताउनुहुन्छ । 

प्रतिहजार इँट्टा पारेबापत कति दिने र बोक्नेलाई कति दिने भन्ने विषयमा ठेकेदारलाई जिम्मा दिइएको उहाँले बताउनुभयो । “त्यो सबै ठेकेदारले हेरेर गर्छ । यस अनुसार इँट्टा पार्ने र इँट्टा बोक्नेको छुट्टाछुटै ज्याला दिएको छ,” उहाँले भन्नुभयो, “इँट्टा बोक्नेले पनि एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस