२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आँखा बैंक स्थापनाका लागि बेलायतबाट सहयोग जुट्दै

२०७४, १० माघ बुधबार ०६:४१

माघ १०, चितवन | बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् । 

सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग गरेका छन् । 

ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार पाउण्ड अर्थात करिब १४ लाख नेपाली रुपैँया सहयोग गर्ने योजना रहेको छ । 

हालसम्म रु ११ लाख ४२ हजार ७१० संकलन भइसकेको छ । सो रकम संघलाई हस्तान्तरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । संघका कार्यबहाक अध्यक्ष कृष्णराज धरेललाई ट्रष्टका संस्थापक अध्यक्ष श्रेष्ठले हालसम्म संकलित रकम हस्तान्तरण गरिसक्नुभएको छ । 

अध्यक्ष धरेलले भन्नुभयो, “यो सामाजिक र मानवीय कार्यमा बेलायतमा रहेका नेपालीले देखाएको सहयोग सबै नेपालीका लागि महत्वपूर्ण बन्ने छ ।” ट्रष्टले आँखा बैंक नियमित सञ्चालनका लागि आवश्यक सहयोग गर्ने सोच पनि बनाएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

ट्रष्टको अगुवाई भए पनि बेलायतमा नेपालका अन्य जिल्लाबाट गएका नेपालीले पनि सहयोग गरेका छन् । ट्रष्टले स्थापनाको केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसाहारा बिरामीका लागि रगत र पानी सहयोग पुर्याएको थियो । 

ट्रष्टले माडीमा एम्बुलेन्स प्रदान गरेको छ । भूकम्पपछि साविक कबिलास–९ को राप्राबि ढोडेनीमा रु २३ लाख खर्च गरेर पक्की विद्यालय भवन निर्माण गरेको श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी दाहाखानीको गर्दासको माध्यमिक विद्यालयमा भूकम्पले क्षति बनाएको भवन रु १७ लाख खर्च गरेर पुनःनिर्माण गरेको थियो । 

ट्रष्टले नै बाढीका कारण प्रभावित क्षेत्रमा रु ६ लाखभन्दा बढी सहयोग गरेको छ । बेलायतमा रहेका मुख्यरुपमा चितवनवासी र आसपासमा रहेका नेपालीबाट सानो ठूलो रकम संकलन गरी नेपालमा सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो