२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा हतियारधारी समुहद्वारा पेस्तोल देखाएर लुटपाट

२०७४, १० माघ बुधबार ०७:३३

माघ १०, भक्तपुर | भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । 

काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४:३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । 

दश जनाको नकाबधारीले समूहले राति करिब २:३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेरभित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका हुन् । अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ । 

पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए । 

हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई शुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधेर आतंकित बनाएर लुटपाट गरेको उहाँको भनाइ छ । लामाले भन्नुभयो–“आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो ।” 

लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउने जाने गर्ने, ढोकाको चुकुल कहाँ छ भन्ने जानकारी पाएकै व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ । 

प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला