2026-10-06 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

गोविन्द लामिछाने / माघ ११, इलाम  | हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । 

वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले जनाएको छ । 

जिल्लामा सबैभन्दा बढी क्षमताको सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सवस्टेसनले जनाएको छ । उक्त हाइड्रोपावर आयोजनाले वर्षायाममा ३० मेगावाट विद्युत उत्पादन गरेको थियो । 

१८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुवै विद्युत् गृहबाट हाल ६.१८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५०० किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव १५ मेगावाट उत्पादन भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ । 

इलामका मात्र होइन पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भने प्रशारण लाइन नहुँदा राष्ट्रिय प्रशारणमा कमै मात्र पुग्ने गरेको छ । केन्द्रीय प्रशारण लाइन नहुँदा हेवा खोलामा उत्पादित विद्युत् इलाम पाँचथर ३३ केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । ३३ केभी क्षमता नभएपछि न्यून मात्रामा विद्युत् केन्द्रीय प्रशारणमा जोडिएको हो । 

हेवाखोला, जोशी हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरबाट उत्पादित विद्युत् इलामको तिल्केनीस्थित सवस्टेसनमार्फत हाल करिब छ मेगावाट विद्युत् मात्र गोदक सवस्टेसनमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख रवीनबाबु घिमिरेले बताउनुभयो । 

सुख्खायामको शुरूवातसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान थालेपछि उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि वर्षात् नभएकाले खोलामा पानीको सतह घट्दै जानु र किसानले बाली सिँचाइका लागि पानी लैजानाले उत्पादन घटेको हो । 

वर्षा नभए अझै उत्पादन घट्न सक्ने उत्पादन गृहले जनाएका छन् । धेरै सुख्खा भएको अवस्थामा अघिल्ला वर्षहरू भन्दा यसपाली अझ विद्युत् उत्पादन घट्ने भएको छ । सुरूङदेखि पावर हाउससम्म आउने पाइप लाइन छोटो भएकाले क्षमताअनुरूप विद्युत् निकाल्न धेरै पानी चाहिने भएकाले सुख्खा मौसममा उत्पादन घटेको कर्मचारी बताउँछन् । 

जिल्लाका ठूला जलविद्युत् आयोजनाका साथै ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन घटेको छ । 

फाकफोक, एकतप्पा, आमचोक, फूएतप्पामा उत्पादन भइरहेका जलविद्युतमा पानीको बहाव घटेकाले विद्युत् उत्पादनसमेत घटेको फाकफोक खोला पहिलो लघु जलविद्युत् आयोजनाका कर्मचारी दिलेन्द्र मगरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै