Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हिउँ हटाइ हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, हेटौंडा | त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हटाएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

हेटौँडादेखि काठमाडौँ र काठमाडौँदेखि हेटौँडातर्फ जाने सयौँ यात्रु हिजो साँझदेखि नै दामन र सिमभञ्ज्याङमा अलपत्र अवस्थामा रहनुपरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । यात्रु राजमार्ग खुलेसँगै हेटौँडा र काठमाडौँतर्फ लागिसकेको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

हिउँ करिब दुई फिट बाक्लो परेको प्रहरीले जनाएको छ । रासस