२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाँदरमुढे घटनापीडितको लगत संकलन शुरु

११ माघ २०७४, बिहीबार ०७:२३

माघ ११, चितवन | बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताउनुभयो । 

संघ तथा प्रदेशसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत संकलनको काम शुरु भएको हो । केही पीडित भने सो सहमतिमा सहभागी भएका थिएनन् । 

“विगतको हाम्रो लडाइँ जारी छ तर पनि राहतका लागि पहल त गर्नुपर्यो | अध्यक्ष न्यौपानेले भन्नुभयो, अब हिजो वार्तामा भएका र नभएका यावत समस्यालाई लिएर छलफल अगाडि बढाउनुपर्छ ।” 

विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा ३८ मृत्यु र ७२ जना घाइते भएका थिए भने उपचारका क्रममा थप चारजना घाइतेको समेत ज्यान गइसकेको छ । 

गएको मंसिरमा माओवादी केन्द्र र पीडित परिवारबीच भएको तीनबुँदे सहमतिमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको औषधि उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख थियो । 

यस्तै घटनास्थलको १० बिगाहा क्षेत्रमा स्मारक र नमूना संग्रहालय बनाइने तथा माडीमा चिडिया घर निर्माण गरी पर्यटकीयस्थल बनाउने सम्झौतामा भनिएको थियो । 

ती सहमति कार्यान्वयनका लागि पीडित, माओवादी केन्द्र र माडी नगरपालिका सम्मिलित एउटा समिति बनाएर छानबिन गरी सोही समितिको निर्णयअनुसार काम गर्न अहिले माडी नगर प्रमुख ढकालको नेतृत्वमा समितिले काम थालेको हो । 

सो समितिमा माओवादी केन्द्रका तीनजना र पीडितका तर्फबाट तीनजना सहभागी छन् । समितिले घर घर पुगेर पीडितको अवस्था र चाहनाबारे अध्ययन गरेर प्रतिवेदन बनाई केन्द्रमा पेश गर्ने स्थानीयवासी गोविन्द न्यौपानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य