१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

११ माघ २०७४, बिहीबार ०७:५९

चितवन, ११ माघ | रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । 

विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण हुँदापनि पदाधिकारी भने विलासी गाडी खरिदमा लागेको विद्यार्थीको आरोप लगाउँदै नेपाल विद्यार्थी यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलमा उत्रिएको हो । 

विश्वविद्यालयले उपकुलपतिका लागि रु ७१ लाखको टाटा कम्पनीको हेग्जा, रजिष्ट्रारका लागि रु ६१ लाखको टाटा कम्पनीकै सफारी स्टोर्म, सेवा आयोगका अध्यक्षका लागि रु ५१ लाखको हुण्डाईको क्रेटा गाडी खरिद गरेको विश्वविद्यालयले जनाएको छ । 

त्यसैगरी दुईजना डिनका लागि रु ४० लाखको महेन्द्रा कम्पनीको स्करपियो र रु ३६ लाखको टाटा कम्पनीको पिकअप गाडी, केन्द्रीय कार्यालय र अनुसन्धान निर्देशकका लागि पनि रु ३६ लाखको टाटा कम्पनीको दुई वटा पिकअप गाडी खरिद गएिको छ । विश्वविद्यालय स्थापना भएको छ वर्षअघिमात्रै सबै पदाधिकारीका लागि नयाँ गाडी खरिद गरिएको थियो । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं कृषि विश्वविद्यालयका संयोजक सरोज रेग्मीले विद्यार्थीले अध्ययनका लागि अतिआवश्यक सामग्री नपाउनु तर पदाधिकारी विलासी गाडीमा हुइँकिनु राम्रो नभएको भन्दै यीसहित अन्य माग गर्दै नेविसंघ आन्दोलित भएको बताउनुभयो । 

पदाधिकारीहरुले मनोमानी रुपमा पूर्वाधारबिना आंगिक क्याम्पस खोलेको आरोप पनि नेविसंघले लगाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले उच्च पदका पदाधिकारी धेरै भएकाले आवश्यक भएरै गाडी खरिद गरिएको जानकारी दिनुभयो । अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले कम मूल्यका गाडी खरिद गरेको उहाँको दाबी थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार