२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा हिमपात, उच्च क्षेत्रको जनजीवन प्रभावित

२०७४, ११ माघ बिहीबार १०:०३

माघ ११, ताप्लेजुङ |  ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । 

बुधबार दिउँसो भएको सामान्य वर्षासँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् । 

हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरुपमा चिसो बढेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

हिउँ परेसँगै हिउँमा रमाउन चाहने स्थानीय मानिस सुकेटार हुँदै पाथीभरा मन्दिरसम्मको भ्रमणमा निस्कन थालेको स्थानीय इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो । गएका वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरी हिमपात भएको हो । गएका वर्षमा कात्तिक मंसिरदेखि नै हिउँ पर्ने गर्थ्यो  । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण