२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रणय दिवसमा ‘सौराहा खाना महोत्सव’, पर्यटकलाई १५ प्रतिशत छुट

२०७४, ११ माघ बिहीबार १०:३९

माघ ११, चितवन | प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ । 

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औँ संस्करणको महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा रेग्मीले प्रणय दिवस पारेर आयोजना गरिएको महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गर्नुभयो । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ । 

महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । 

यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उहाँको भनाइ छ । 

महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने तथा दैनिक ३० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ । 

महोत्सव अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम राखिएको जनाइएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा