१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

११ माघ २०७४, बिहीबार १०:४६

माघ ११, झापा | झापामा १९ हजार जनाभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । 

असोज २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा १९ हजार २१२ जना आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुस्वाहले जानकारी दिनुभयो । स्वास्थ्य बीमा गराउने घरधुरीको संख्या चार हजार २५६ रहेको छ । 

जिल्लामा कार्यक्रम लागू भएसँगै सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको प्रबन्धक कुस्वाहले बताउनुभयो । “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ” उहाँले भन्नुभयो, “घरघरमा गएर बीमा गराइँदैछ ।” 

जिल्लामा १९२ स्वास्थ्य बीमा अभिकर्ताले स्वास्थ्य बीमा गराइरहेका छन् । झापामा उक्त सेवा लिनका लागि बनियानी स्वास्थ केन्द्र, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकलाई तोकिएको छ । 

पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले रु ४२५ अतिरिक्त तिरेर सदस्य बन्न पाउने छन् । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक रु ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार