2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

माघ १२, खोटाङ | नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ । 

किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् । 

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको संग्रहालय भवनका लागि एक वर्षमा रु १६ लाखभन्दा बढी रकम प्राप्त भएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो । संग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पुर्याउने गरी दीर्घकालीन योजना तय गरिएको छ । 

देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजक खम्बुको भनाइ छ । तीन वर्षमा सम्पन्न गर्नेगरी गत वर्षदेखि किरातीको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो । 

संग्रह निर्माणका लागि रु दुई करोड बराबरको बृहत् योजना बनाइएकोमा यो वर्ष रु ५५ लाख लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ । संग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट यो वर्ष विनियोजन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताले स्वस्फुर्तरुपमा बोलकबुलसमेत गरिरहेको जनाइएको छ । ‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथनअनुरुप किरातीको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाइ छ । 

दश किरातको प्रतीकस्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई संग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा धातुबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती वास्तुकलाले भरपुर सजाइनेछ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई