४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुने

१२ माघ २०७४, शुक्रबार ११:०६

माघ १२, लमजुङ | सोनाम ल्होसारको अवसरमा लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । तामाङ घेदुङ संघ लमजुङले २८५४औँ सोनाम ल्होसारको अवसरमा माघ २७ गते सांस्कृतिक उत्सव आयोजना गरेको हो । 

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति लमजुङले आज पत्रकार भेटघाट गरी सांस्कृतिक उत्सवबारे जानकारी गराएको हो । ‘भाषा धर्म संस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान’ भन्ने मूल नाराका साथ तामाङ सांस्कृतिक उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

सांस्कृतिक उत्सवमा जातीय पहिचान झल्कने झाँकी, र्यालीसहित राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । जिल्लाभित्रका सबै तामाङ जातिलाई एकताको सूत्रमा बाँध्न पनि उत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ । 

यसअघि सरकारले माघ ४ गते सोनाम ल्होसार पर्ने भन्दै सार्वजनिक बिदा घोषणा गरेको थियो । तामाङ समुदायले भने आफ्नो मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाको दिन फागुन ४ गते भएको दाबी गरेको छ । पात्रोअनुसार माघ ४ मा सोनाम ल्होसार नपरेको भन्दै सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेका थिए । 

फागुन ४ मा घरपरिवारमा आशीर्वाद लिँदै ल्होसार मनाउने भएकाले माघ २७ गते सांस्कृतिक उत्सव आयोजना गरिएको तामाङ घेदुङ संघ जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ