Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, लमजुङ | सोनाम ल्होसारको अवसरमा लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । तामाङ घेदुङ संघ लमजुङले २८५४औँ सोनाम ल्होसारको अवसरमा माघ २७ गते सांस्कृतिक उत्सव आयोजना गरेको हो ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति लमजुङले आज पत्रकार भेटघाट गरी सांस्कृतिक उत्सवबारे जानकारी गराएको हो । ‘भाषा धर्म संस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान’ भन्ने मूल नाराका साथ तामाङ सांस्कृतिक उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

सांस्कृतिक उत्सवमा जातीय पहिचान झल्कने झाँकी, र्यालीसहित राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । जिल्लाभित्रका सबै तामाङ जातिलाई एकताको सूत्रमा बाँध्न पनि उत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

यसअघि सरकारले माघ ४ गते सोनाम ल्होसार पर्ने भन्दै सार्वजनिक बिदा घोषणा गरेको थियो । तामाङ समुदायले भने आफ्नो मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाको दिन फागुन ४ गते भएको दाबी गरेको छ । पात्रोअनुसार माघ ४ मा सोनाम ल्होसार नपरेको भन्दै सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेका थिए ।

फागुन ४ मा घरपरिवारमा आशीर्वाद लिँदै ल्होसार मनाउने भएकाले माघ २७ गते सांस्कृतिक उत्सव आयोजना गरिएको तामाङ घेदुङ संघ जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

रासस