२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

२०७४, १४ माघ आईतवार ०६:०४

माघ १४, भद्रपुर | झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलितरु एक लाख २१ हजार २३० मिर्गौलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । 

झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गौला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । 

रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गर्नुभयो । पीडित पत्रकारको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । 

कुष्ठरोगी बढ्दै 

जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत आवमा १५७ कुष्ठरोगी रहेको झापामा चालु आवको पहिलो चौमासिकमा मात्र १५३ रोगी पाइएको छ । 

दोस्रो चौमासिकमा ३२ महिला तथा ४१ पुरुष गरी ७३ नयाँ कुष्ठरोगी थपिएकामा उपचार पूरा गरी ३६ जना स्वस्थ्य भएका छन् । पाँच जना उपचार छाडेर बेपत्ता भएको क्षय कुष्ठरोग अधिकृत प्रमोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा हाल १९४ रोगी उपचारमा छन् । कुष्ठरोगको शङ्काका घेरामा परेका १६ हजार ८११ जनालाई औषधि खुवाइसकिएको बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा