२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

रामको धनु खसेको धनुषाधाममा मकर मेला

२०७४, १४ माघ आईतवार ०९:०८

अजयकुमार साह / माघ १४, धनुषा | धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आज दोस्रो आइतबार मेला भर्न श्रद्धालुभक्तजनको भीड लागेको छ । 

माघको प्रत्येक आइतबार यहाँ मकर मेला लाग्छ । श्रद्धालु भक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । 

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ । 

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो । 

धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ । 

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजार्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउँछन् । वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताउनुभयो । 

यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । स्थानीय उमाविअन्तर्गत मेला रहेकाले हरेक वर्ष मेला ठेक्का लाग्ने गरेको छ । 

मेला व्यवस्थापनका लागि विद्यालयले प्रधानाध्यापकको संयोजकत्वमा मेला समिति गठन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष ५० लाख श्रद्धालुभक्तजन धनुष मन्दिरमा दर्शनपूजा गर्न आउने धनुष मेला सेवा समितिका सदस्य हेमनारायण साहले जिकिर गर्नुभयो । 

मेलामा धनुषाधाममा करोडाँैको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नं २ का श्रीनारायण साहले बताउनुभयो । 

आमाछोरीको मिलन 

मकर मेला केही वर्षयता आमाछोरीको मिलनस्थलका रुपमा समेत विकसित हुँदैछ । विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एकार्काको खबर लिन मकर मेलामा आई भलाकुसारी गर्ने धनुषा गोविन्दपुर–६ का सतीशलाल कर्ण बताउनुहुन्छ । मेलाभर करिब पाँच हजार आमाछोरीको मिलन हुने र मेला भर्न आउने युवकयुवतीबीच प्रेम भएपछि त्यहीँ धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा रहिआएको मन्दिरका महन्थ दासको भनाइ छ । शरीरमा मुसा पलाउँदा भन्टा चढाउनेको संख्या पनि बाक्लो हुन्छ । 

सरकारले पर्यटनस्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने दासको भनाइ छ । धनुष मन्दिरका नाउँमा आफ्नो कुनै सम्पत्ति छैन । अहिले मन्दिर जानकी मन्दिरको स्वामित्वमा छ । दास भन्नुहुन्छ“नेपालमा म नै यस्तो पुजारी हुँला जो दुई पुस्तादेखि ६० वर्षसम्म विनातलब भगवान्को सेवा गर्दै आएको छ । म आफँैले यो मन्दिरको घण्टी समातेको २८ वर्ष भइसक्यो । बयालीस सालदेखि मैले पूजा गरिरहेको छु, मेरो बुबा रामदेव दासले पनि ३२ वर्ष जति पूजा गर्नुभयो ।” 

मन्दिर विद्युत्भार कटौतीका कारण राति अँध्यारो रहन्छ । एउटा ल्याम्प जलाइएको हुन्छ । पर्यटकको भीड खासगरी पुस महिनादेखि बढ्न थालेपछि ग्यासलाइट बालिन्छ । पुजारीका अनुसार पहिले उहाँको मात्र आश्रम र राम मन्दिर थियो । प्रहरी दिनमा काम गर्थे र राति गइहाल्थे । यातायातको असुविधा, राति बस्नका लागि सुविधासम्पन्न होटेलको अभाव आदि कारणले गर्दा पर्यटक आएर पनि टिक्ने नगरेको पुजारीले बताउनुभयो । 

यहाँ बस्नका लागि पटनाका ताराचन्दले बनाएको ३४ कोठाको धर्मशाला त छ तर अव्यवस्थित रहेका कारण पर्यटक बास बस्दैनन् । धनुषाधामलाई पर्यटकस्थलका रुपमा विकास गर्न सरकारले विशेष पहल गर्नुपर्ने धनुषावासी माग गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली