2026-08-31 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना

माघ १५, चितवन । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । 

भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब यहाँ आउने पर्यटकले पर्यटन क्षेत्रका गतिविधिबारे आवश्यक जानकारी लिन सक्नेछन् । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रले पर्यटन विकासमा सहयोग पु¥याउने भन्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना महानगरको रहेको बताउनुभयो । भरतपुर–२२ का अध्यक्ष विष्णुराज महत्तोले पटिहानी आकर्षक पर्यटकीय क्षेत्र भएको उल्लेख गर्नुभयो । 

हालै मात्र चितवनको पर्यटकीय नगरी सौराहालाई जोड्ने गरी यहाँ जिप सफारीसमेत शुरु भएको छ । स्थानीय थारूको मौलिक संस्कृतिका साथै यहाँ आकर्षक र मनोरम क्षेत्र छितामाई रहेको छ । 

बाघ, गैँडा, हात्ती, गोही, चित्तल तथा गोहीको राम्रो बासस्थान रहेको सो क्षेत्र नजिकै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा पर्छ । गोही प्रजनन केन्द्र समेत नजिकै रहेको र राप्ती नदी रहेकाले यो क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । 

पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकको सहजतामा थप टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुहुन्छ पटिहानीको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे । ती सबै जानकारी केन्द्रमा पाइनेछ । 

पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो । 

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको पर्यटन सूचना केन्द्रमा जंगली जनावर तथा यहाँको स्थानीय संस्कृतिबारे जानकारीमूलक ब्रोसरसमेत बनाइएको छ । 

आउने पर्यटकका लागि सेवा दिन निःशुल्क वाइफाईसहित कम्प्युटर, प्रोजेक्टर तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै