१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्द्रचोकमा सुरक्षा गार्डको नै हत्या, ठक्करबाट एकको मृत्यु

१५ माघ २०७४, सोमबार ०५:५२

माघ १५, काठमाडौँ | काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । 

इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ । 

असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पुर्याएलगत्तै मृत्यु भएको थियो । 

तामाङको टाउकोमा धारिलो हतियारले काटिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

यसैगरी गए राति नै मीनभवनमा मोटरसाइकलको ठक्करबाट दोलखा सामाकोशी–२ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको छ । 

कार्कीलाई मीनभवन क्याम्पसअगाडि बा९०प ६०६४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर नयाँ बानेश्वरले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार