१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रेशमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुन सुझाब

१५ माघ २०७४, सोमबार ०८:३४

माघ १५, चितवन | मुलुक संघीय ढाँचामा जाँदै गर्दा प्रेशमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानूनमा सजग हुन यहाँका पत्रकारहरूले सुझाएका छन् । प्रेश स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ । 

प्रेश सेन्टर नेपालको १४औँ स्थापना दिवसका अवसरमा चितवन जिल्ला शाखाले आज यहाँ आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी अगुवा पत्रकारले सो कुरामा जोड दिएका हुन् । पछिल्लो समय बिभिन्न राजनीतिक दलले प्रेशलाई स्वतन्त्र छाड्दा आफूहरुलाई समस्या आउने डरले वर्तमान संविधानमा उल्लेखित प्रेश स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास भएको उनीहरुको आरोप थियो । 

हरेक संकटको घडीमा पत्रकारले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको बताउँदै नेपाल प्रेश युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रादेशिक कानून प्रेश स्वतन्त्रताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा, प्रेश सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल र प्रेश चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले प्रदेश र स्थानीय कानूनमा प्रेशलाई संकुचित नगराउन राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले पत्रकारका गुनासाप्रति आफू संवेदनशील भएको बताउनुभयो । प्रेश जगतमाथि अंकुश लगाउने गरी कुनैपनि ऐन कानून बन्न नदिइनेमा जोड दिंदै उहाँले भन्नुभयो, “दुःखका बेला सहयोग लिने र सुखमा बिर्सने चलन हामी गर्न दिँदैनौँ ।” 

माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ले आफूले राजनीतिक यात्राअघि पत्रकारिता गरेको चर्चा गर्दै नेपालको हरेक आन्दोलनमा पत्रकारिता जगत्को महत्वपूर्ण भूमिका रहेकाले जुनसुकै दल या सरकारले यो भूमिकाको कदर गर्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा, प्रेश युनियन जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेश चौतारी नेपाल जिल्ला शाखाका अध्यक्ष तीर्थ नेपाल र आयोजक संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले प्रेश स्वतन्त्राका विविध विषयमा चर्चा गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार