२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रेशमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुन सुझाब

२०७४, १५ माघ सोमबार ०८:३४

माघ १५, चितवन | मुलुक संघीय ढाँचामा जाँदै गर्दा प्रेशमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानूनमा सजग हुन यहाँका पत्रकारहरूले सुझाएका छन् । प्रेश स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ । 

प्रेश सेन्टर नेपालको १४औँ स्थापना दिवसका अवसरमा चितवन जिल्ला शाखाले आज यहाँ आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी अगुवा पत्रकारले सो कुरामा जोड दिएका हुन् । पछिल्लो समय बिभिन्न राजनीतिक दलले प्रेशलाई स्वतन्त्र छाड्दा आफूहरुलाई समस्या आउने डरले वर्तमान संविधानमा उल्लेखित प्रेश स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास भएको उनीहरुको आरोप थियो । 

हरेक संकटको घडीमा पत्रकारले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको बताउँदै नेपाल प्रेश युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रादेशिक कानून प्रेश स्वतन्त्रताको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा, प्रेश सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल र प्रेश चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले प्रदेश र स्थानीय कानूनमा प्रेशलाई संकुचित नगराउन राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले पत्रकारका गुनासाप्रति आफू संवेदनशील भएको बताउनुभयो । प्रेश जगतमाथि अंकुश लगाउने गरी कुनैपनि ऐन कानून बन्न नदिइनेमा जोड दिंदै उहाँले भन्नुभयो, “दुःखका बेला सहयोग लिने र सुखमा बिर्सने चलन हामी गर्न दिँदैनौँ ।” 

माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ले आफूले राजनीतिक यात्राअघि पत्रकारिता गरेको चर्चा गर्दै नेपालको हरेक आन्दोलनमा पत्रकारिता जगत्को महत्वपूर्ण भूमिका रहेकाले जुनसुकै दल या सरकारले यो भूमिकाको कदर गर्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा, प्रेश युनियन जिल्ला अध्यक्ष नारायण अधिकारी, प्रेश चौतारी नेपाल जिल्ला शाखाका अध्यक्ष तीर्थ नेपाल र आयोजक संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीलगायतले प्रेश स्वतन्त्राका विविध विषयमा चर्चा गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण